२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

युट्युबमार्फत रोनाल्डोले रचे इतिहास



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा सर्वाधिक चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेको केही समयमा नै विश्व कीर्तिमान राखेका छन् ।

बुधबार युट्युब च्यानल खोलेको ९० मिनेटमा नै रोनाल्डोले १ मिलियन सब्क्राइबर्सको आँकडा छोएर विश्व कीर्तिमान राखेका हुन् । उनले युट्युबबाट ‘गोल्डेन प्लेट बटन’ समेत पाइसकेका छन् ।

यो समाचार लेख्दासम्म रोनाल्डोको युट्युबमा सब्क्राइबर्सको संख्या १४ मिलियन पुगिसकेको छ ।

रोनाल्डोलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै रहेको छ । उनको इन्स्टाग्राममा ६३६ मिलियन, एक्स (पहिले ट्वीटर)मा ११२.६ मिलियन र फेसबुकमा १७० मिलियन फलोअर्स रहेका छन् ।