४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

युट्युबमार्फत रोनाल्डोले रचे इतिहास



अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जालमा सर्वाधिक चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले युट्युब च्यानल खोलेको केही समयमा नै विश्व कीर्तिमान राखेका छन् ।

बुधबार युट्युब च्यानल खोलेको ९० मिनेटमा नै रोनाल्डोले १ मिलियन सब्क्राइबर्सको आँकडा छोएर विश्व कीर्तिमान राखेका हुन् । उनले युट्युबबाट ‘गोल्डेन प्लेट बटन’ समेत पाइसकेका छन् ।

यो समाचार लेख्दासम्म रोनाल्डोको युट्युबमा सब्क्राइबर्सको संख्या १४ मिलियन पुगिसकेको छ ।

रोनाल्डोलाई सामाजिक सञ्जालमा पछ्याउनेको संख्या निकै रहेको छ । उनको इन्स्टाग्राममा ६३६ मिलियन, एक्स (पहिले ट्वीटर)मा ११२.६ मिलियन र फेसबुकमा १७० मिलियन फलोअर्स रहेका छन् ।