५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समता लघुवित्तको वार्षिक साधारण सभा पुस १४ गते हुने तय, ६.३२ प्रतिशत लाभांश पारित गरिने



अ+ अ-

काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) पारित गर्ने कम्पनी सचिव विश्वराज श्रेष्ठले बताउनु भयो। 

आज शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले बिहान १०ः३० बजे होटल क्लासिक प्रालि सिमरा बारामा साधारण सभा गर्ने निर्णय गरेको प्रबन्धक तथा कम्पनी सचिव श्रेष्ठले जानकारी दिनु भएको छ । साधारण सभा प्रयोजनका लागि पुस ५ गतेदेखि १४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गर्ने निर्णय गरिएको कम्पनी सचिव श्रेष्ठले बताउनु भयो । 

समता र घरेलु लघुवित्त एकआपसमा गाभिन लागेको हुँदा शेयर आदानप्रदान दर (स्वाप रेसियो) पनि साधारण सभाले पारित गर्नेछ । एक आपसमा गाभिएपछि लघुवित्त संस्थाको नामा समता घरेलु लघुवित्त वित्तीय संस्ता रहने र मर्जरका लागि अन्तिम सम्झौता गर्न र सो सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्ने कम्पनी सचिव श्रेष्ठले जानकारी दिनुभयो।