२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मठमन्दिरमा पनि कोरोना कहर, नियमित खर्च जुटाउनै गाह्रो



अ+ अ-

पोखरा । पोखरा अन्तर्राष्ट्रिय ख्याति कमाएको पर्यटकीयस्थल हो । प्रकृति र संस्कृतिका अनुपम छटाले यहाँको गरिमा र महत्व बढाएको छ । पोखरा बह्य तथा आन्तरिक पर्यटकको पनि प्रमुख गन्तव्यमा हो । यहाँका गन्तव्यसथलहरुमा धार्मिक तथा सांस्कृतिकस्थलहरु विन्ध्यवासिनी, तालबाराही, भद्रकाली लगायत पनि पर्दछन् । यहाँको पर्यटनमा धार्मिकस्थल, ठमन्दिरले पनि उत्तिकै भूमिका खेलेका छन् । 

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण देशका विभिन्न क्षेत्र प्रत्यक्ष प्रभावित भएजस्तै यहाँका धार्मिक पर्यटकीयस्थल पनि त्यसको प्रकोपबाट अछुतो रहन सकेका छैनन् । कोरोनाको कहरसँगै बन्द भएका मठमन्दिर अहिलेसम्म पनि खुल्न सकेका छैनन् । 

मन्दिरमा आउने भक्तजनले चढाउने भेटीघाटी तथा दान सहयोगबाट मन्दिरको दैनिक प्रशासनिक खर्च चलाउँदै आइएकोमा दर्शनार्थी नै नभएपछि उक्त नियमित खर्च समेत जुटाउन धौधौ परेको छ । पोखरा आउने पर्यटकले यहाँका विन्ध्यवासिनी, तालबाराहीलगायतका धार्मिक तीर्थस्थल नपुगेसम्म पोखरा भ्रमणलाई अपुरो ठान्दछन् । देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट आउने पर्यटक त अनिवार्य रुपमा विन्ध्यवासनी, तालबाराहीलगायतका मठमन्दिर पुग्ने गरेका छन् । लकडाउन यता हालसम्म मन्दिर नखुल्दा भक्तजनबाट विगतमा प्राप्त हुनेगरेको दान तथा भेटीघाटी सङ्कलन नभएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

“अघिल्लो वर्षमा यस अवधिमा विन्ध्यवासनी मन्दिरमा करिब रु साढे तीन करोड भेटीघाटी सङ्कलन भएको थियो,” उहाँले भन्नुभयो, “यसवर्ष त चैत देखिनै बन्दाबन्दी शुरु भए यता मन्दिरमा पूजाआजामा रोक लगाइएका कारण भेटीघाटी तथा दान सहयोग प्राप्त हुने कुरै भएन ।” दर्शनार्थीका लागि मन्दिर खुल्ला नभए पनि मन्दिरमा बिहान बेलुका नियमित पूजाआजा भने सञ्चालन भइरहेको छ । लामो समयदेखि मन्दिर बन्द भएपछि भक्तजन तथा विभिन्न स्थानबाट आएका दर्शनार्थीले पूजाआजा गर्न पाउनुपर्ने माग गर्दै आएको अवस्थामा समितिले सुरक्षा मापदण्ड अपनाएर मन्दिरमा पूजाआजा गराउन पहल गरेको थियो । 
 




भर्खरै