२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ : भारतको औपचारिक भ्रमणमा रहनु भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उहाँहरुबीच बुधबार दिउँसो भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको राणाले जानकारी दिनुभयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ- ‘मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँ मार्फत धन्यवाद पनि व्यक्त गरेँ।’

भारतको ५ दिने भ्रमणमा जानु भएकी राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका विदेशमन्त्री एस। जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । मन्त्री राणा बिहीबार दिउँसो स्वेदश फर्किने कार्यक्रम रहेको छ ।