२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐना राख्दा ध्यान राख्नुहोस् यी १० कुराहरु



अ+ अ-

हाम्रो घर वा डेरामा जहाँ भएपनि ऐना अनिवार्य नै हुन्छ । ऐनाबिना त मानिसको सुन्दरता अधुरो नै रहन्छ भन्दा पनि हुन्छ । तर घरमा ऐना राख्दा जहाँ मिल्यो त्यहीँ राख्नु चाँहि हुँदैन किनभने ऐनाले धेरै भूमिका खेलिरहेको हुन्छ । घरमा सही स्थान र दिशामा राखिएको ऐनाले तपाइँलाई शुभफल समेत दिन सक्छ । बास्तुशास्त्रका अनुसार घरमा ऐना राख्दा यी १० कुराहरुमा ध्यान दिन आवह्यक रहेको छ । 

१) बास्तुशास्त्रका अनुसार ऐना छोपेर राख्नु राम्रो मानिन्छ । सकेसम्म ऐना दराज खोल्दा देखिने भयो भने उत्तम मानिन्छ ।

२) तपाइँले ऐना जहाँ राखे पनि उत्तर पूर्व दिशामा पर्ने गरी लगाउनुपर्छ । यसले तपाइँको आम्दानीको श्रोत बढाउन मद्दत गर्छ ।

३)  ठूलो तर हलुका ऐनालाई राम्रो मानिन्छ । घरमा जति ऐना भएपनि फरक पर्दैन तर फरक ऐनाको फुटेका २ टुक्रालाई जोडेर एक ठाउँमा भने नराख्नुस् । यस्तो निक्कै अशुभ मानिन्छ ।

४) घरमा अँधेरो भइरहने स्थानमा गोलो ऐना राख्नु राम्रो मानिन्छ यसले घरमा भएको नकारात्मक उर्जा घटाउन मद्दत गर्छ ।

५) ऐना यस्तो ठाउँमा राख्नुपर्छ जुन ढोका वा झ्यालको साम्ने नहोस्

६) सुत्ने कोठामा सकेसम्म ऐना नराख्नुस् । ओच्छ्यानको सामुन्ने त राख्दै नराख्नुस् । यसले तपाइँको जीवनमा सम्बन्ध विगार्न सक्छ ।

७) ऐना राख्दा कुनै पनि नराम्रो बस्तु ऐनामा पर्ने गरी नराख्नुस् । सकेसम्म ऐनाबाट राम्रो बस्तुको प्रतिबिम्ब आउनु राम्रो मानिन्छ ।

८) कुनै पनि कोठामा चारैतिर ऐना राख्नु अशुभ मानिन्छ । यस्तो ऐना भएको कोठामा धेरै समस्या आउने बास्तुशास्त्रको दावी छ ।

९) घरको भित्तामा एकदम माथि वा तल पर्ने गरी ऐना राख्नु राम्रो मानिँदैन । यस्तो भयो भने घरका मानिसहरुलाई अनेक समस्या आउन सक्छ ।

१०) तपाइँको ऐना फुटेको वा धुलो वा फोहोर लागेको हुनु नराम्रो मानिन्छ । यस्तो ऐनाले घरमा नकारात्मक उर्जा पैदा गर्ने बास्तुशास्त्रको भनाइ छ ।