२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेछः मन्त्री चौधरी



अ+ अ-

खजुरा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुनेगरी तयारी भइरहेको बताउनुभएको हो ।

मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताउनुभयो ।

“प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ । सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्”, उहाँले भन्नुभयो ।