२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाका गम्भीर बिरामीको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकको निष्कर्ष



अ+ अ-

एजेन्सी । कोरोना भाइरसका गम्भीर बिरामीको उपचार गाँजाबाट हुने सक्ने एक अध्ययनको निष्कर्ष रहेको छ । अमेरिकाको साउथ क्यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको गाँजाका तीनवटा अध्ययनबाट यस्तो तथ्य खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तीनवटै अध्ययनमा गाँजाको माध्यमबाट गम्भीर खालका कोरोना संक्रमितको उपचार हुने बताइए पनि अन्तिम निष्कर्ष आउन बाँकी नै छ । अनुसन्धानकर्ता तथा वैज्ञानिकहरुले गाँजा खान प्रोत्साहन हुने आशंका गरेका छन् ।

अमेरिकी अनुसन्धानमा गाँजामा उपलब्ध टिएचसी (Tetrahydrocannabinol) पदार्थले कोरोना संक्रमितको उपचार हुनसक्ने प्रष्ट देखिएको छ । टिएचसीले खतरनाक इम्युन रेस्पोन्सबाट बचाउन सक्छ । जसका कारण एक्युट, रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम (एआरडिएस) को शिकार भएका व्यक्तिलाई लाभ प्राप्त हुन्छ । डेलिमेलका अनुसार कोरोनाका गम्भीर बिरामी एआरडिएसको समस्या हुन्छ । कोरोनाबाट ज्यान गुमाउनेमध्ये धेरैले यहीँ समस्याकै कारण मृत्युवरण गर्छन् ।

अमेरिकाको विश्वविद्यालयका तीनवटा अध्ययनमा दर्जनौँ प्रयोगहरु पनि गरिको छ । सुरुमा मुसामा एक टक्सिन दिएर टिएचसी प्रयोग गरिएको थियो । जुन मुसामा टिएचसी दिइएको थियो, ती मुसा बाँचेको र अन्य मुसा मरेका थिए । अनुसन्धानकर्ता तथा वैज्ञानिकले यो विषयमा थप अध्ययन थालेका छन् । उनीहरुले आम मानिसमा गाँजाको प्रयोगका लागि प्रोत्साहन नहुनेगरी कसरी काम गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अनुसन्धानकर्ताले अब गाँजाको मानिसमा प्रयोगका विषयमा अध्ययन गरिरहेका छन् । अमेरिकाका केही राज्यमा गाँजाको प्रयोग वैधानिक मानिन्छ । तर, धेरै राज्यले प्रतिबन्ध लगाएका छन् ।