• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली ★   रहेनन् भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी ★   कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ ★   सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ:उपप्रधानमन्त्री पौडेल ★   खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या हो: मन्त्री चौधरी ★   खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ: मुख्यसचिव गड्तौला



काठमाडौँ । नेपाल सरकारले सय दिनमा गर्ने कामहरुको योजना सार्वजनिक गर्ने भएको छ ।

मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिनुभएको हो ।

नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गर्नुभयो । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरु कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो । उहाँले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गर्नुभयो । सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टिकरण थियो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् ?भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ । त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महशुस गरेको छु । यो बजेटको बारेमा मैले धेरै बोल्नु पनि हुँदैन । जसले जे मन लाग्यो, जतिखेर जहाँ बोल्ने पनि होइन जस्तो लाग्छ । बजेट अर्थ मन्त्रालयबाटै बोल्नुपर्ने हो । सम्बन्धित मन्त्रालयले नै जान्दछ । मुख्यसचिवले कुनै पनि फाईल सदर गर्नुपर्दैन । धेरैलाई भ्रम छ–सबै फाईल मुख्य सचिवले सदर गर्छ भन्ने । तर त्यो होइन । मुख्य सचिवले क्याविनेटमा गर्ने हो । बाँकि अरु सम्बन्धित मन्त्रालयले नै गर्ने हो । पदमा पुगे भन्दैमा जो पायो बोलेर हिँड्नु हुँदैन भन्ने लाग्छ मलाई । यहाँ आफ्नो काम केही नभन्ने, अर्कोको काम धेरै भन्ने पनि हामीसँग चलन छ । त्यसकारण यसमा म साह्रै धेरै कुरा गर्दिन । सिटिइभिटीले मात्रै सबै गर्ने भए अरु संस्था खोल्नुनै पर्ने थिएन । सरकारले आवश्यक्ता अनुसार संस्थाहरु गठन गर्छ । आवश्यकताअनुसार विघटन गर्छ । आवश्यकताअनुसार कानून बनाउँछ । आवश्यकताअनुसार जिम्मेवारी दिन्छ । त्यसैले सरकारले सिटिईभिटी छोडेर अर्को किन गर्‍यो भनेर भन्नुहुँदैन । तपाईले आफ्नो जिम्मेवारी पूर्णरुपमा पूरा गर्नुस् । तपाई आफ्नो काम पूरा गर्नुभयो भने कसैले पनि प्रश्न नै गर्दैन । अब गत वर्षभन्दा यस वर्ष पक्कै पनि बजेटमा यो कार्यक्रमहरु पनि कार्यान्वयन हुन्छन् । बजेट पनि खर्च गर्छ । सिएनआईले वाच गरेर अर्को चोटीको गोलो डाटामा कामै नगरेको भन्दै आउँदैन होला भन्ने मलाई लाग्छ ।’

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताउनु भयो ।