२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जय शाह आईसीसीको अध्यक्ष बन्न सक्ने



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आगामी अध्यक्ष बन्न सक्नेछन् । उनको दाबी बलियो मानिएको छ ।

आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । बार्कले मंगलबार उनी तेस्रो कार्यकालका लागि दाबेदार नरहने प्रस्ट पारेका छन् ।

यसपछि बीसीसीआई सचिव जय शाह आईसीसीको अध्यक्ष बन्ने चर्चा बढेको छ । तर, यसबारेमा बीसीसीआई र जय शाहको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन ।

आईसीसीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीका अध्यक्ष ग्रेग बार्कलेले आफू तेस्रो कार्यकालका लागि उम्मेदवार नहुने र नोभेम्बरको अन्त्यमा आफ्नो वर्तमान कार्यकालको अन्त्यमा राजीनामा दिने कुरा पुष्टि गरेका छन् ।’

आईसीसी अध्यक्षको मनोनयनको अन्तिम मिति अगस्ट २७ रहेको छ । आईसीसी अध्यक्षको कार्यकाल दुई वर्षको हुन्छ । न्युजिल्याण्डका बार्कले नोभेम्बर २०२० मा आईसीसीको अध्यक्ष भए । यसपछि उनी २०२२ मा यो पदमा पुनः निर्वाचित भए ।

आईसीसीको नियम अनुसार अध्यक्षको निर्वाचनमा १६ जना निर्देशकले मतदान गर्छन् । यस्तो अवस्थामा अध्यक्ष बन्न ९ मत चाहिन्छ । यसअघि अध्यक्ष बन्नका लागि दुई तिहाइ बहुमत आवश्यक थियो ।

बीसीसीआई सचिव पदमा शाहको कार्यकाल एक वर्ष बाँकी रहेकाले जय शाहलाई अध्यक्ष बनाउने चर्चा छ । बीसीसीआईको विधान अनुसार तीन वर्षको कुलिङ अफ पिरियडभन्दा पहिले एक अधिकारीले ६ वर्षसम्म पदमा बस्न सक्छ । कुल मिलाएर, एक व्यक्तिले राज्य संघमा नौ वर्ष र बीसीसीआईमा नौ वर्ष समावेश गरी कुल १८ वर्षसम्म पदमा रहन सक्छ ।

जय शाह अक्टोबर २०१९ मा बीसीसीआई सचिव बने । त्यसपछि उनी २०२२ मा फेरि बीसीसीआई सचिवमा निर्वाचित भए । बीसीसीआईको नियम अनुसार २०२५ मा वर्तमान कार्यकाल पूरा गरेपछि उनले कुलिङ अफ पिरियडबाट गुज्रनुपर्नेछ ।

जय शाह हाल आईसीसीको वित्त तथा वाणिज्य उपसमितिका अध्यक्ष छन् । यससँगै अधिकांश १६ जना मतदातासँग उनको राम्रो सम्बन्ध छ ।

हालसम्म ४ जना भारतीयले आईसीसी प्रमुखको पद सम्हालिसकेका छन् । जगमोहन डालमिया सन् १९९७ देखि २००० सम्म आईसीसी अध्यक्ष थिए । शरद पवार सन् २०१० देखि २०१२ सम्म थिए । २०१४–१५ मा एन श्रीनिवासन र शशांक मनोहर २०१५–२० सम्म आईसीसी अध्यक्ष थिए । २०१५ भन्दा पहिले, आईसीसी प्रमुखलाई चिफ अफ प्रेसिडेन्ट भनिन्थ्यो । त्यसपछि यसलाई चेयरम्यान भनिन थालियो ।