३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा चर्कियो आरक्षणको मुद्दाः बिहारमा रेल रोकियो, राजमार्गमा चक्काजाम



अ+ अ-

काठमाडौँ । भारतीय सर्वोच्च अदालतले अनुसूचित जातिको आरक्षणमा क्रीमी लेयर लागू गर्ने अनुमति दिएको विरोधमा दलित–आदिवासी संगठनहरूले बुधबार १४ घण्टाको भारत बन्दको आह्वान गरेका छन् ।

दलित तथा जनजाति संघसंस्था राष्ट्रिय महासंघ (नाड्डाओर)ले यसलाई दलित तथा आदिवासी जनजातिको संवैधानिक अधिकार विपरीत भएको बताएको छ ।

बन्दको सबैभन्दा बढी असर बिहारमा देखिएको छ । राजस्थान, मध्य प्रदेश र उत्तर प्रदेशमा यसबारे अलर्ट जारी छ । कांग्रेस, टीएमसी, सपा, बसपा, आरजेडी, जेएमएमलगायत धेरै दलहरूले बन्दलाई समर्थन गरेका छन् ।

सर्वोच्च अदालतले अगस्ट १ मा भनेको थियो कि राज्य सरकारहरूले अब अनुसूचित जाति अर्थात् एससीका लागि आरक्षणमा कोटा दिन सक्नेछन् । अदालतले आफ्नो २० वर्ष पुरानो फैसला उल्टाएर नयाँ व्यवस्था गरेको छ । त्यसपछि अदालतले अनुसूचित जाति आफैंमा एउटा समूह रहेको र त्यसमा समावेश जातका आधारमा थप विभाजन गर्न नसकिने बताएको थियो ।

यद्यपि, अदालतले आफ्नो नयाँ फैसलामा राज्यलाई आवश्यक निर्देशन पनि दिएको छ । राज्य सरकारले स्वेच्छाचारी ढंगले निर्णय लिन नपाउने भनिएको छ ।

यसका लागि दुई सर्त हुनेछन् ।
पहिलोः अनुसूचित जातिभित्र कुनै एक जातिलाई शतप्रतिशत कोटा दिन पाइनेछैन ।

दोस्रोः अनुसूचित जातिमा समावेश जातको कोटा निर्धारण गर्नुअघि त्यसको हिस्साको ठोस तथ्याङ्क हुनुपर्छ ।