• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   रुख काट्ने क्रममा रूखले च्यापेर भिमादमा एक जनाको मृत्यु ★   बागलुङमा बाढीपहिरोमा अठार जनाको मृत्यु, २२ घाइते ★   नेपालमा उत्पादित तरकारी कतार निर्यात गर्न सुरु ★   सलमानले लगाए २६७ करोडको घडी ★   नेपाल र जापानका कम्पनीबीच सम्झौता: वैदेशिक लगानी उच्च प्राथमिकतामा रहेको मन्त्री भण्डारीको भनाइ ★   कोटिहोमको आय व्यय विवरण सार्वजनिकः आम्दानीभन्दा खर्च बढी भएको हिसाब ★   कतार हिँडेका युवक बहुविवाहको आरोपमा विमानस्थलबाट पक्राउ ★   विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह ★   मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित ★   ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुन:निर्माण

प्राविधिक अध्ययन गरेर च्यासल क्षेत्रको डुबान रोक्छौंः भौतिकमन्त्री दाहाल



काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले च्यासल क्षेत्र डुबानको प्राविधिक अध्ययन गरी समाधान गर्ने बताउनुभएको छ ।

पानीको बहाव बढ्ने बित्तिकै मनोहरा खोलाले च्यासल क्षेत्र डुबानमा पर्ने भन्दै उहाँले सोबारे अध्ययन गरी डुबान हुन नदिने प्रतिवद्धता जनाउनुभएको हो । च्यासल क्षेत्रमै रहेको नेकपा एमाले केन्द्रिय पार्टी कार्यालय पनि डुबान पर्दै आएको छ ।

डुबानका विषयमा मंगलवार निरीक्षणका क्रममा मन्त्री दाहालले एमाले पार्टी कार्यालय अगाडि मनोहरा खोलाको पुल हटाउने वा मर्मत गर्ने सन्दर्भमा ललितपुर सडक डिभिजन कार्यालयका प्रमुखसहित निरीक्षण गर्नुभएको थियो । खोला निरीक्षणपछि मन्त्री दाहालले मनोहरा खालाको पुललाई मर्मत वा विकल्प खोज्ने सन्दर्भमा निरीक्षण गरिएको बताउनु भयो ।

उहाँले मोटरेवल पुल हटाउने वा पुलको तलको भागलाई हटाउने विषयमा प्राविधिकहरुसँग बसेर निर्णय लिने पनि जानकारी दिनुभयो ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले पुलमुनीको भाग साँघुरो भएकाले पानी बग्न नपाउँदा पार्टी कार्यालयसहित च्यासल फुटबल मैदान र आसपासका बस्तीमा पस्ने गरेको बताउनु भयो । उहाँले च्यासल क्षेत्रको सडक महत्वपूर्ण भएकाले पानीको बहाव बढ्नासाथ डुबान हुने अवस्थाबाट मुक्त गर्न आवश्यक रहेको बताउनु भयो ।

ललितपुर सडक डिभिजन कार्यालयका प्रमुख मुकुन्द अधिकारीले मनोहरा खोलाको पानी सहज रुपमा बग्नको लागि पुलमा समस्या देखिएको बताउनु भयो ।

उहाँले पुलको तलपट्टीको भागले पानीलाई रोकेको भन्दै प्राविधिकसहित आएर अध्ययन गर्न मन्त्रीले निर्देशन दिनुभएको बताउनु भयो । उहाँले कार्यालयले चाँडै प्राविधिक अध्ययन गरेर कार्यान्वयन गर्ने पनि बताउनु भयो ।

उहाँले पुल मर्मत गरी पानी सहज रुपमा बग्नसक्ने अवस्था आए मर्मत मात्रै गर्ने, अन्यथा पुल भत्काएर अर्को बनाउने विकल्प खोज्ने बताउनु भयो ।