३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा



अ+ अ-

काठमाडौँ । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा)ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ ।

मंगलवार भारत जानुअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवा,युवतीहरुले विदेशमा गएर श्रम बेचेर पठाएको पैसाले नेताहरुले अमेरिका, बेलायत, स्कटल्याण्डमा आफ्ना सन्तानलाई शिक्षा, दिक्षाका लागि पठाइरहेको भन्दै यो कस्तो नैतिकता हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सबै नेपालीले यसबारेमा सोच्नुपर्ने बेला भएको बताउनु भयो । उहाँले नेपालमा अहिले अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको भन्दै नेपाली जनताले अब सहन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युवा युवतीहरु विदेशमा गएर श्रमीक बनिरहेका छन् । उनीहरुले कमाएको पैसाले नेताहरुले यहाँ आफ्ना सन्तानलाई स्कटल्याण्ड, लण्डन, अमेरिका, अस्टे«लिया जस्तो देशमा पठाएर शिक्षा लिने यो के नैतिकता हो । यो पनि जानकारी लिदिन नेपाली जनताले अवश्य सोच्नुपर्ने अवस्था भएको छ ।

पहिला एउटा मात्रै अभिभावक हुँदा जनताहरु एक फाँको सातु खाएर बस्थे । तर आज यो राष्ट्रमा यस्तो अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको छ । यो नेपाली जनताले सहन सकेका छैनन् । नेपाल राष्ट्र जर्जर भएको छ ।’

नेताहरुले नेपालाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने बताउनु भयो ।

उहाँले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताउनु भयो ।