३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ: गृहमन्त्री लेखक

सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ: गृहमन्त्री लेखक
अ+ अ-

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताउनु भएको छ । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपातो नेपालद्वारा आयोजित विशिष्ट प्रतिभा सम्मान तथा बृहत् सांगीतिक काव्य गोष्ठीमा गृहमन्त्री लेखकले यस्तो बताउनु भएको हो ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएपनि राजनीतिक स्थिरता दिन नसक्दा निराशा बढेको उहाँले बताउनु भयो ।’समीकरण बन्ने र भत्किने क्रम चल्यो । सरकारको अस्थिरताको सबै क्षेत्रमा प्रभाव देखा पर्यो । मुलुकको आर्थिक विकास र सुशासनको क्षेत्रमा विधिको शासनलाई अगाडि बढाउन समस्या देखियो । राजनीति अस्थिरता कारणले उत्पन्न समस्याले मुलुकमा निराशा बढायो।  त्यो निराशालाई आशामा बदल्नका स्थिर सरकार आवश्यक भयो’ उहाँले भन्नुभयो ।

शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाउन, विकास निर्माणका काम द्रुतगतिमा अगाडि बढाउन, सुशासन स्थापित गर्न, शान्ति कामय गर्न र मर्यादित रोजगारी सिर्जना गर्न वर्तमान सरकार बनेको उहाँले बताउनु भयो ।

उहाँले राजनीति स्थिरता र आर्थिक समृद्धिमा अगाडि बढ्नका लागि केही महत्त्वपूर्ण उद्देश लिएर यो सरकार गठन भएको बताउनु भयो । ‘सामान्यतया संसदमा रहेको ठूला दल मिलेर सरकार बनाउने अभ्यास स्वभाविक देखिँदैन । कतिपय अवस्थामा स्वभाविक मानिँदैन,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘तर, मुलुकमा महत्त्वपूर्ण एजेन्डा अगाडि आउछन्। त्यसको कार्यसम्पादन गर्नुपर्ने हुन्छ । राष्ट्रका साझा कार्यभार सम्बोधन गर्नुपर्ने हुन्छ । त्यस्तो बेलामा यो देशका ठूला पार्टीहरु एक ठाउँमा उभिएको हाम्रो विगतको अनुभव छ ।’

संविधान संशोधनको विषयलाई एजेन्डा बनाएको भन्दै संविधानको संशोधन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी समानुपातिक सहभागितालाई थप सुदृढ गर्नका लागि हुने बताउनुभयो ।

सरकार बनेको एक महिनामा १८ वर्षसम्म रुमलिएको संक्रमणकालीन न्याय सम्बन्धि कानुनलाई प्रतिनिधिसभाले पारित गरिसकेको भन्दै चाँडै संक्रमणकालीन न्यायको विषय लाई सम्बोधन गरिने गृहमन्त्री लेखकले बताउनुभयो ।

सुदूरपश्चिमलाई भारत र चीनसँग जोड्न ३(४ महिनाभित्र तिंकरमा अध्यागमन कार्यालय स्थापन गर्ने  गृहमन्त्री लेखकले बताउनुभयो ।

महाकाली करिडोर, सेती लोकमार्ग  लगायतका महत्त्वपूर्ण परियोजना अगाडि बढाएर मित्र राष्ट्र भारतसँग चीनसँग पनि जोड्ने उहाँको भनाइ थियो । ‘यसका लागि ३(४ महिनामा तिंकर नाकामा अध्यागमनको कार्यालय स्थापना गरि तेस्रो मुलुकका नागरिकलाई मानसरोवर, कैलाश जाने बाटो अगाडि बढाउने योजना अगाडि सारेको छु । सुदूरपश्चिमबाट भारत र चीनलाई जोड्ने काम गर्ने छौँ । यसले सुदूरपश्चिमको विकासमा टेवा पुग्ने छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा सुदूरपश्चिमको भूमिसँग जोडिएका प्रतिभालाई सम्मान गरेको थियो । सुदूरपश्चिमको भाषामा अमुल्य योगदान दिने आरडि प्रभाष चटौत, नारी सशक्तीकरण र साहित्य लेखनमा पुर्‍याएको योगदानको लागि विजया श्रेष्ठ केसी, नेपाली राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक भलिबल क्षेत्रमा पुर्‍याएको योगदानका लागि जगदीश भट्ट, नेपाली शास्त्रीय  गीत संगीतका क्षेत्रमा पुर्‍याएको योगदानका  लागी गायक तिलकसिंह पेला, सुदुरपश्चिमको भाषामा अमुल्य योगदान दिने डम्बर शर्मा बडु, नेपालको प्रशासन क्षेत्रमा योगदान पुर्‍याएका डा. हरिदत्त पाण्डेय  र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानका लागि साहित्यकार हेमबाबु लेखकलाई सम्मान गरिएको थियो ।