१ पुष २०८२, मंगलवार
,
Latest
१९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो अख्तियारद्वारा पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइफा अवार्ड २०२४ को मनोनयन घोषणा, शाहरुखका दुई फिल्म दौडमा



अ+ अ-

एजेन्सी । हालसालै भारतको ७० औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरिएको छ, जसमा ऋषभ शेट्टीले ‘कान्तारा’ का लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् भने नित्या मेननले ‘तिरुचित्रम्बलम’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन् ।

अब भारतीय सिनेमाको सबैभन्दा ठूलो अवार्ड समारोह इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड्स (आइफा) ले सन् २०२४ का लागि मनोनयनहरू पनि घोषणा गरेको छ ।

‘एनिमल’ लाई ११ मनोनयन प्राप्त
रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ ले ११ मनोनयन प्राप्त गरेको छ । यो फिल्म सबैभन्दा धेरै नोमिनेसनका साथ शीर्ष स्थानमा छ । रणवीर सिंह र आलिया भट्ट अभिनित ‘रकी और रानी की प्रेम कहानी’ले १० मनोनयन प्राप्त गरेको छ । योसँगै शाहरुख खानका दुई फिल्म पनि मनोनयनमा अगाडि नै छ । २०२३ का एक्शन हिट फिल्म ‘जवान’ र ‘पठान’ ले लोकप्रिय विधामा ७–७ नोमिनेसन प्राप्त गरेका छन् ।

आफ्नो अभिनयले देशैभर लोकप्रिय बनेका अभिनेता विक्रान्त मेसीले ‘१२ फेल’ का लागि ५ मनोनयन प्राप्त गरेका छन् । यस पटक आइफाको आयोजक राष्ट्र र यसको मिति चाँडै घोषणा गरिनेछ ।