२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप बंगलादेशबाट सर्न सक्ने, युएई बलियो दावेदार



अ+ अ-

एजेन्सी । महिला टी–२० विश्वकप बंगलादेशबाट सर्ने सम्भावना छ । प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म हुने छ । बंगलादेशमा राजनीतिक अस्थिरताका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले यसलाई सार्न निर्णय गर्न सक्छ ।

युएई महिला विश्वकप आयोजना गर्ने विकल्पमा सबैभन्दा अगाडि छ । तर, श्रीलंका र जिम्बाब्वे क्रिकेट बोर्डले पनि बंगलादेशबाट सारिएमा त्यहाँ प्रतियोगिता आयोजना गर्न चासो देखाएको छ ।

मिडिया रिपोर्टका अनुसार युएई बंगलादेशबाट सारियो भने महिला टी–२० विश्वकप आयोजना गर्ने बलियो दावेदार हो । युएईको दुबई, अबु धाबी र शारजाहमा अन्तर्राष्ट्रिय स्टेडियमहरू छन् । युएईले यसअघि नै टी–२० विश्वकप आयोजना गरिसकेको छ ।

कोरोनाका कारण सन् २०२१ मा भारतमा हुने पुरुष टी–२० विश्वकप युएईमा आयोजना भएको थियो । यद्यपि यो भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आयोजना गरेको थियो ।

महिला टी–२० विश्वकप अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय भएको थियो । यस विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । १८ दिनमा २३ खेलहरू हुनेछन् । समूह ए मा भारत र ६ पटकको च्याम्पियन अस्ट्रेलिया एकै समूहमा छन् ।

यस बाहेक यो समूहमा पाकिस्तान, न्युजिल्यान्ड र छनोटको टोली समावेश छ । समूह ‘बी’ मा आयोजक बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र क्वालिफायर–२ टोली छन् ।