२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व फोटोग्राफी दिवस: पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित फोटो प्रदर्शनी



अ+ अ-

काठमाडौं – आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) ले आज ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर ‘When Mountain Smiles’ विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ यो धेरै राम्रो काम भएको बताए । ´आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम गर्दै सम्बधित निकायलाई झकझकाउने काम गर्दै गर्नु होला ।` उनले भने ।

प्रदर्शनीमा ४० भन्दा बढी  फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बधित तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा  मनाउँदै आइरहेको छ। अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू  प्रदर्शनीमा राखिएको थियो।

पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। उनले १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस अवसरमा सम्पूर्ण फोटो पत्रकारलाई शुभकामना दिँदै   “हिमाली क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ। वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने जस्ता समस्या बढिरहेका छन्,” वन्तले भने, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ। पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ।”