१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काडिजसँग बार्सिलोना पराजित



अ+ अ-

म्याड्रिड । स्पेनी ला लिगामा शनिबार काडिजको हातबाट बार्सिलोना २–१ को गोल अन्तरले पराजित भएको छ । काडिजका लागि अल्भारो नेग्रेडोले निर्णायक गोल गरे । यो सिजन बार्सिलोनाको लिगमा चौथो हार हो र यससँगै टिम १० खेलबाट १४ अंकमा सीमित रह्यो । यो शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँग १२ अंकको दूरी हो ।

एटलेटिकोले भने अर्को खेलमा रियल भालाडोलिडलाई २–० ले हरायो ।

थोमस लेमार र मार्कोस लोरेन्टले गोल गरे । एटलेटिकोको यो लगातार सातौं जित हो र उसको १० खेलबाट २६ अंक भएका छ । शनिबारको अर्को खेलमा रियल म्याड्रिडले सेभियालाई १-० ले हरायो ।