२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.36

Wind: 1.03

Humidity: 100

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री भारतमाः आज प्रधानमन्त्री मोदी र विदेशमन्त्रीसँग भेटवार्ता गर्ने



अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुहुने भएको छ ।

आज साँझ उहाँहरुबीच भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी छिन् । परराष्ट्रमन्त्री नियुक्त भएपछि उनी हिजो पहिलो पटक विदेश भ्रमणका रुपमा भारत गएकी हुन् ।

उहाँले आज अपराह्न विदेशमन्त्री एस जयशंकरसँग द्धिपक्षीय भेटवार्ता गर्ने भएकि छिन् । त्यसैगरी सो भेटवार्तापछि उनले आजै साँझ भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने कार्यक्रम रहेको हो । सो भेटमा नेपाल भारत सम्बन्धका विविधि पक्षमा कुराकानी पनि हुने जनाइएको छ । विदेश मन्त्री राणासँग भेटका लागि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि समय मागिएको परराष्ट्र स्रोतले बतायो । तर सो भेटका बारेमा भने निश्चित भैसकेको छैन ।

आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान डेस्क प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

आज उनी उच्चस्तरीय भेटमा व्यस्त रहने बताइएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा उनको यो भेट केन्द्रित रहेको छ । राणा भदौ ६ मा स्वदेश फर्कनेछिन् ।