१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु



फाइल तस्बिर
अ+ अ-

काठमाडौं । बझाङको बुङ्गनमा गएको पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

बुङ्गल नगरपालिका–१० को टुमेडामा गएराति गएको पहिरोमा पुरिएर एकै परिवारका दुई बालिकासहित ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घरमाथिबाट पहिरो जाँदा काली धामी, गोल्की धामी, आसिका धामी र लक्ष्मी धामीको मृत्यु भएको हो ।

स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो । पहिरोले घर क्षतविक्षत बनाएको छ । पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी, उज्जल धामी, रोसन धामी, कमला धामी र शान्ति धामीको उद्धार गरिएको थियो ।