५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाग तस्करमाथी प्रहरीको ‘अट्याक’, प्रहरीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा आफैँ घाईते



symbolic picture
अ+ अ-

लुम्बिनी । बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ ।  बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।

होटेलमा खाग तस्कर रहेको सूचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली प्रहार गर्दा तस्कर समूहकै एक जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोली प्रहारबाट तस्कर समूहका सदस्यको चिउँडोमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई नियन्त्रणमा लिइएको र एक जना प्रहरीको घेरा तोडेर भागेको प्रनाउ राठौरले जानकारी दिनुभयो ।