२१ मंसिर २०८२, आईतवार
,
Latest
ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि



अ+ अ-

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि काठमाडौंमा हुने भएको छ ।

होटल संघ नेपाल,बिन्स्टक एशिया नेपाल,वाटरकम स्ट्राटेजी र नेपाल ट्राभलसँगको सहकार्यमा दोस्रो संस्करण हस्पिटालिटी कन्क्लेभ हुन लागेको हो ।

आईतवार काठडौंमा पत्रकार सम्मेलन गर्दै होटल संघले यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष विनायक साहले नेपालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ गर्न लागिएको बताउनु भयो ।

उहाँले पर्यटन आतिथ्य क्षेत्रमा देखिएका सम्भावना र चुनौतीका विषयमा केन्द्रित भएर आयोजना गर्न लागेको बताउनु भयो ।

उहाँले विगतको तुलनामा पर्यटन आगमन वृद्धि भएपनि पर्यटन गतिविधिहरु बढ्न नसकेको बताउनु भयो । उहाँले अहिले नेपालमा आगमन भइरहेका पर्यटक एक तिहाई मात्रै रहेको भन्दै सरकारले नीति नियम परिमार्जन गरी कार्यान्वयन गर्नु जरुरी रहेको बताउनु भयो ।

उहाँले मुलुकमा पर्यटन आगमन वृद्धि भएको र होटल तथा पर्यटकीय पूर्वाधारहरु वृद्धि भएकाले पर्यटन व्यवसायी खुशी रहेको बताउनु भयो । उहाँले नेपालको पर्यटन पूर्वाधारले ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा रहेको बताउनु भयो ।

उहाँले नेपाल भारत र चीन जस्ता विकासित मुलुकहरुको बीचमा भएकाले पर्यटन पूर्वाधार बढाएर अहिलेको भन्दा दोब्बर पर्यटक ल्याउन सक्ने बताउनु भयो । उहाँले विश्वका ब्राण्ड होटलहरु आइरहे पनि नेपालमा दक्ष जनशक्तिको अभाव रहेको बताउनु भयो ।