• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा



परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुग्नु भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा आज बिहान साढे ११ बजे भिस्तारा एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री राणालाई दिल्लीमा भारतीय विदेश मन्त्रालयका उत्तरी डिभिजन प्रमुख अनुराग श्रीवास्तव, नेपाली कार्यवाहक राजदूत डा। सुरेन्द्र थापालगायतका अधिकारीले स्वागत गर्नुभयो ।

परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनको भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग सोमबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले  जानकारी दिनुभयो ।

मन्त्री डा। राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनहुन्छ । राणा ६ भदौमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।