२४ असार २०८३, बुधबार
,
Latest
मेलम्चीको विकल्पमा शिवपुरीबाट थप पानी ल्याउने केयुकेएलको तयारी, एक महिनाभित्रै आपूर्ति सहज हुने खानेपानी सेवामा सुधार र संस्थागत सुदृढीकरणका लागि स्पष्ट नीतिको आवश्यकताः निमित्त महाप्रवन्धक साह आर्थिक सुधार अभियानमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण गर्नुका साथै संक्रमणकालीन न्याय (टिआरसी)लाई छिटो टुंग्याउनुपर्नेमा सांसदहरूको जोड मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन नगर्नु राज्यतर्फबाट भएको मानव अधिकार हननः लिली थापा वन अधिकृत यादव घुससहित पक्राउ राष्ट्र बैंक तेस्रो संशोधन विधेयकलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो मेलम्ची खानेपानी आयोजनाको स्थायी समाधानका लागि दुई वर्ष लाग्ने, असारभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी ‘सन्तोषजनक छैन मानवअधिकार आयोगका सिफारिस कार्यान्वयन अवस्थाः द्वन्द्वकालीन पीडितलाई न्याय दिलाउने सिफारिस कार्यान्वयनमा ढिलाइ’ रास्वपा सांसदको प्रश्न: म भात खान्छु, सरकारले के खान्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा



अ+ अ-

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको राजधानी नयाँदिल्ली पुग्नु भएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि मन्त्री डा. राणा आज बिहान साढे ११ बजे भिस्तारा एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री राणालाई दिल्लीमा भारतीय विदेश मन्त्रालयका उत्तरी डिभिजन प्रमुख अनुराग श्रीवास्तव, नेपाली कार्यवाहक राजदूत डा। सुरेन्द्र थापालगायतका अधिकारीले स्वागत गर्नुभयो ।

परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा उनको भारतीय समकक्षी विदेशमन्त्री एस जयशंकरसँग सोमबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार एकराज पाठकले  जानकारी दिनुभयो ।

मन्त्री डा। राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी हुनहुन्छ । राणा ६ भदौमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।




भर्खरै