१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबा अनिरुद्ध आचार्यले ‘बिग बोस १८’ को प्रस्ताव अस्वीकार गरे



अ+ अ-

एजेन्सी । टेलिभिजनको लोकप्रिय रियालिटी शो बिग बोस आफ्नो १८ औँ सिजन लिएर फर्किने भएको छ । शोको ग्राण्ड प्रिमियर अक्टोबर ५ मा हुँदैछ, जसमा प्रतियोगीहरुको नाम सार्वजनिक हुँदैछ ।

हालैको बिग बोस खबरको रिपोर्ट अनुसार कलर्स च्यानलले सामाजिक सञ्जालमा आफ्नो बयानका कारण चर्चामा रहेका बाबा अनिरुद्ध आचार्यलाई बिग बोस १८ को लागि अफर गरेको थियो ।

तर, बाबाले शोको प्रस्तावलाई अस्वीकार गरेको खबर पनि आएको छ । यसअघि बाबा अनिरुद्ध कलर्स च्यानलको शो लाफ्टर शेफको हिस्सा भइसकेका छन् ।

साथै, पछिल्ला केही दिनदेखि चर्चित अभिनेत्री ईशा कोप्पिकर बिग बोस १८ को हिस्सा बन्ने खबर आएको थियो तर अभिनेत्री आफैंले सामाजिक सञ्जाल पोस्टमार्फत यी खबरलाई अफवाह भनेकी छिन् ।

अभिनेत्रीले यी समाचारको स्क्रिनसट सेयर गर्दै लेखिन्, ‘फेक न्यूज अलर्ट । कृपया समाचार प्रकाशित गर्नु अघि कलाकारसँग तथ्य जाँच गर्नुहोस् ।’

‘तारक मेहता का उल्टा चश्मा शो’का अभिनेता गुरुचरणलाई शोबाट अफर आएको खबर छ । यद्यपी यसबारेमा अहिलेसम्म आधिकारिक जानकारी आएको छैन । उनी बाहेक जेनिफर मिस्त्री पनि शोमा आउने सम्भावना छ ।

बिग बोस ओटीटी ३ केही समय अघि समाप्त भएको छ, जसको विजेता साना मकबुल थिइन् । ओटीटी सिजनको अन्त्य पछि, अब बिग बोस १८ को तयारी भव्य रुपमा हुँदैछ ।

अप्रिलमा सलमान खानको बान्द्रा अपार्टमेन्टमा गोली चलेको थियो, त्यसपछि सुरक्षाका कारण उनले शो होस्ट नगर्ने खबर आएको थियो, तर अब सलमान शोका लागि आएका छन् । मुनवर फारुकीले बिग बोस १७ को गत सिजनको उपाधि जितेका थिए ।