१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआइसी एशिया बैंकको साधारणसभा सम्पन्न,  १९ प्रतिशत बोसन सेयर वितरण गरिने



अ+ अ-

काठमाडौं। एनआइसी एशिया बैंकको २३औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले १९ प्रतिशत बोसन सेयर पारित गरेर वितरण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको बैंक साधारणसभाले गत बर्षको नाफा र सञ्चिति नाफाबाट एक अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले लाभांसको कर तिर्नका लागि एक प्रतिशत अर्थात ९ करोड ७२ लाख रुपैयाँको नगद लाभांस पनि पारित गरेको छ। 

आइतबार बसेको बैंक साधारणसभाले गत आर्थिक बर्षको वासलात, नाफानोक्शान हिसाब खाताका साथै बार्षिक प्रतिवेदन पनि पारित गरेको छ।