१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ

राजधानीमा रुसी मिसाइल आक्रमणलाई विफल बनाएको युक्रेनको भनाइ
symbolic picture
अ अ+ अ-

एजेन्सी ।युक्रेनी सेनाले राजधानी किएभमा भएको रुसी मिसाइल आक्रमणलाई विफल बनाएको बताएको छ । किएभमा आइतबार बिहानैलदेखि हवाई आक्रमणको साइरन बजेको थियो ।

“प्रत्येक आक्रममणको बीचमा छ दिनको स्पष्ट अन्तरालमा अगस्टमा राजधानीमा यो तेस्रो ब्यालिस्टिक मिसाइल आक्रमण हो”, किएभ सहर सैन्य प्रशासनले बिहानैको बमबारीपछि टेलिग्राममा पोस्ट गरेको छ ।

मिसाइल आक्रमणका साथ ड्रोनहरू किएभतर्फ गएको देखिएको थियो । “दुश्मका सबै ड्रोन सहरभन्दा धेरै टाढा नष्ट गरिएको छ”, पोस्टमा भनिएको छ ।

आक्रमणबाट कुनै क्षति वा हताहतको सूचना प्राप्त नभएको उल्लेख गर्दै प्रशासनले भनेको छ, “सम्भवत: केएन–२३ प्रकारको उत्तर कोरियाली ब्यालेस्टिक मिसाइलहरूको प्रयोग गरिएको थियो ।”

संयुक्त राज्य अमेरिका र सोलले उत्तर कोरियामाथि युक्रेन युद्धका लागि रुसलाई गोला–बारुद र मिसाइलहरू उपलब्ध गराएको आरोप लगाएका छन् ।

किएभले बारम्बार पश्चिमका आफ्ना सहयोगीहरूसँग थप वायु–रक्षा प्रणाली उपलब्ध गराउन आह्वान गरेको छ ।

गता साता किएभ नजिकै रातभर भएको रुसी मिसाइल आक्रमणमा ३५ वर्षीय एक व्यक्ति र उनका चार वर्षीय छोराको मृत्यु भएको थियो । आक्रमणमा अन्य तीन जना गम्भीर घाइते भएका थिए ।

रुसी भूभागमा युक्रेनको हालैको अग्रतालाई मस्कोले ‘कडा प्रतिक्रिया’ दिने वाचा गरेपछि चिन्ता अझ बढेको छ ।

युक्रेनमाथि रुसी आक्रमणको साढे दुई वर्षपछि किएभका सैनिकहरूले गत साता कुर्स्क क्षेत्रमा ठूलो जवाफी आक्रमण गर्दा एक लाख २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।

दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा कुनै पनि विदेशी सेनाको सबैभन्दा ठूलो आक्रमणमा रुसको एक हजार एक सय वर्गकिलोमटरभन्दा बढी क्षेत्र कब्जा गरेको युक्रेनको दाबी छ ।