२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 1.03

Humidity: 73

तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा कुटपिट गरी श्रीमतीको हत्या



अ+ अ-

जलेश्वर । महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताउनुभएको छ ।

स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस