७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र सम्बन्धमा चुनौतिको पहाड भएपनि राम्रो अवसर: पूर्वराजदुत दीपकुमार उपाध्याय



अ+ अ-

काठमाडौँ । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल—भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताउनु भयो । पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा। राणा इमान्दारिताका साथ प्रयास गर्नुभए सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताउनु भयो ।

नेपाल—भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको बताउनु भयो । समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिनुभयो । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताउनु भयो ।

सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिनुभयो । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको बताउनु भयो ।न्युज एजेन्सी नेपाल