• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

करिनाले कोलकाता बलात्कारको घटनालाई निर्भयासँग तुलना गरिन्



एजेन्सी । कोलकाताको आरजी मेडिकल कलेज अस्पतालमा एक महिला डाक्टरलाई निर्ममता, सामूहिक बलात्कार र त्यसपछि हत्या गरिएको थियो ।

यो घटना बाहिर आएपछि भारतभर जनतामा आक्रोश भइरहेका बेला हजारौं जनता न्यायको माग गर्दै सडकमा उत्रिएका छन् ।

केही समयअघि आलिया भट्ट, आयुष्मान खुराना लगायतका धेरै बलिउड सेलिब्रेटीले यस विषयमा आक्रोश व्यक्त गरेका थिए, जसमा प्रीति जिन्टा, करीना कपुरलगायत अन्य धेरैजना जोडिएका छन् ।

करीना कपुरले सामाजिक सञ्जालमा यस केसलाई १२ वर्षअघि भएको निर्भया केससँग तुलना गरेकी छिन् । उनले पोस्टमा लेखेकी छन् – १२ वर्ष बितिसक्दा पनि कथा उस्तै र विरोध उस्तै । तर हामी अझै परिवर्तनको पर्खाइमा छौं ।