२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिनाले कोलकाता बलात्कारको घटनालाई निर्भयासँग तुलना गरिन्



अ+ अ-

एजेन्सी । कोलकाताको आरजी मेडिकल कलेज अस्पतालमा एक महिला डाक्टरलाई निर्ममता, सामूहिक बलात्कार र त्यसपछि हत्या गरिएको थियो ।

यो घटना बाहिर आएपछि भारतभर जनतामा आक्रोश भइरहेका बेला हजारौं जनता न्यायको माग गर्दै सडकमा उत्रिएका छन् ।

केही समयअघि आलिया भट्ट, आयुष्मान खुराना लगायतका धेरै बलिउड सेलिब्रेटीले यस विषयमा आक्रोश व्यक्त गरेका थिए, जसमा प्रीति जिन्टा, करीना कपुरलगायत अन्य धेरैजना जोडिएका छन् ।

करीना कपुरले सामाजिक सञ्जालमा यस केसलाई १२ वर्षअघि भएको निर्भया केससँग तुलना गरेकी छिन् । उनले पोस्टमा लेखेकी छन् – १२ वर्ष बितिसक्दा पनि कथा उस्तै र विरोध उस्तै । तर हामी अझै परिवर्तनको पर्खाइमा छौं ।