२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

औषधिको मूल्य समायोजन गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल

औषधिको मूल्य समायोजन गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले औषधिको मूलय समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको बताउनु भयो ।

उहाँले औषधिको मूल्य समायोजन नहुँदा धेरै मानिसहरु ठगिएको बताउनु भयो । उहाँले मूल्य समायोजन नहुँदा ठगी र महंगीका धेरै प्रश्न उठिरहेको बताउनु भयो । उहाँले उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न राज्यले चाहेको भए औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिमा लगानी बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्य क्षेत्रको लगानी बजेटको ९÷१० प्रतिशत बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘औषधिको मूल्य समायोजन गर्न जरुरी छ । त्यो समायोजन नभएको कारणले, पारदर्शी नभएकाले गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको छ । धेरै मानिसहरु ठगिएको, धेरै नै महंगो भएको कुरा आएको छ ।

कतिपय औषधिले उत्पादनमूल्य अनुसार बिक्री मूल्य प्राप्त नगरेको स्थिति पनि छ । त्यसमा राज्यले कम्पेन्सेट गर्न जरुरी छ । उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले कम्पेन्सेट गर्नेकुरा बढी उपयुक्त हो । राज्यले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न खोजेको हो भने औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिको सन्दर्भमा लगानी गर्न जरुरी छ । राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्यकै लगानी ४। दशमलव केही बनाएर पुग्दैन । ९÷१० प्रतिशत बनाएर लैजान सक्नुपर्छ ।’

मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने बताउनु भयो ।