• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo

औषधिको मूल्य समायोजन गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले औषधिको मूलय समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको बताउनु भयो ।

उहाँले औषधिको मूल्य समायोजन नहुँदा धेरै मानिसहरु ठगिएको बताउनु भयो । उहाँले मूल्य समायोजन नहुँदा ठगी र महंगीका धेरै प्रश्न उठिरहेको बताउनु भयो । उहाँले उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न राज्यले चाहेको भए औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिमा लगानी बढाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्य क्षेत्रको लगानी बजेटको ९÷१० प्रतिशत बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘औषधिको मूल्य समायोजन गर्न जरुरी छ । त्यो समायोजन नभएको कारणले, पारदर्शी नभएकाले गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अफ्ठ्यारो भइरहेको छ । धेरै मानिसहरु ठगिएको, धेरै नै महंगो भएको कुरा आएको छ ।

कतिपय औषधिले उत्पादनमूल्य अनुसार बिक्री मूल्य प्राप्त नगरेको स्थिति पनि छ । त्यसमा राज्यले कम्पेन्सेट गर्न जरुरी छ । उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले कम्पेन्सेट गर्नेकुरा बढी उपयुक्त हो । राज्यले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न खोजेको हो भने औषधिमा र स्वास्थ्य संस्थाहरुमा उपकरण र जनशक्तिको सन्दर्भमा लगानी गर्न जरुरी छ । राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्यकै लगानी ४। दशमलव केही बनाएर पुग्दैन । ९÷१० प्रतिशत बनाएर लैजान सक्नुपर्छ ।’

मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने बताउनु भयो ।