१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्नुभएको छ ।

यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुुख तथा सरकारप्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभयो ।

“हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ ।’’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।