१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पार्टी कार्यकर्तालाई प्रचण्डको आश्वासनः पार्टी एकतावद्ध छ, एकतावद्ध भएर जान्छौँ

पार्टी कार्यकर्तालाई प्रचण्डको आश्वासनः पार्टी एकतावद्ध छ, एकतावद्ध भएर जान्छौँ
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकतावद्ध भएर केन्द्रिय कमिटी बैठकमा जाने बताउनुभएको छ ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धाराण राख्नुभएको बताउनु भयो । उहाँले पार्टी उपमहासचिव जनार्दन शर्माले लिखित रुपमा आफ्नो धारणा राख्नुभएको र त्यो फरक मत नरहेको बताउनु भयो । उपमहासचिव शर्माले पार्टी फुटाउन खोजेको भन्ने कुरा नेतृत्वबाट नभनिएको बताउनु भयो ।

उहाँले स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट भएको पनि बताउनु भयो । आफूलाई केही मानिसले पार्टी फुटाउन लागेको भन्ने हल्ला सुनाएकाले केही संशय भने पैदा भएको अध्यक्ष दाहालको स्वीकारोक्ति थियो ।

उहाँले जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह समेत गर्नुभयो । उहाँले पार्टी अब नफुट्ने पनि दाबी गर्नुभयो । उहाँले उपमहासचिव शर्माले उठाउनुभएका केही कुराहरु गम्भीर आशंकाका रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थायी कमिटीको बैठकमा जब हामी गयौँ, केही कमरेडले अलि भिन्न ढंगले राख्नुभएको थियो । सबैलाई थाहा नै छ । कमरेड जनार्दन शर्माले लिखित रुपमा राख्नुभएको थियो । उहाँले मेरो फरक मत हो भनेर त राख्नुभएको थिएन । त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन ।

उहाँले आफ्नो मतको रुपमा राख्नुभयो । यो मेरो फरक मत होइन, मत मात्रै हो । अरु साथीहरुले मुखले भन्नुभयो, मैले लेखेर भनेको मात्रै हो भनेर स्पष्ट पनि पार्नुभयो । तर बाहिर के हो ? भन्ने आशंका र तरंग पैदा भयो । स्थायी समितिको बैठकको अन्त्यसमम आइपुग्दा हामीले त्यसलाई मुख्य रुपमा सम्बोधन गर्यौँ। जनार्दन शर्मा प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले त्यो भाषा त कहिल्यै भनेको थिएन । तर विभिन्न मानिसहरुले आएर सुनाउने गरेका थिए । त्यसले यदाकदा के हो ? भन्ने भएको थियो ।

स्थायी कमिटीको अन्त्यसम्म आउँदा पार्टी फुटाउने जनार्दन शर्माको कुनै नियत र उद्देश्य छैन भन्ने स्पष्ट पार्नुभएको छ । जनार्दन शर्माले पार्टी फुटाउन खोज्यो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । पार्टी फुट्दैन, त्यो सुनिश्चित भएको छ ।

अब एकतावद्ध भएर जाने हो । कसैले भन्दैमा त्यो आशंका राख्न परेन । उहाँले उठाएका गम्भीर आशंकाका विषय छन् । व्यवहारिक कुराहरु आशंकाका छन् । ति पनि स्थायी समितिको बैठकको अन्त्यसम्म आउँदा क्लियर हुने भनेको छु ।’

अध्यक्ष दाहालले आगामी निर्वाचनसम्म पार्टीलाई राम्रो पार्टीका रुपमा स्थापित गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आगामी दिनमा देशव्यापी रुपमा अभियान सञ्चलन गर्ने बताउनु भयो । जनतासँग सम्बन्धित भएर पार्टी रुपान्तरण एवं एकीकरण गर्ने बताउनु भयो ।