२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुका बाढी पीडितलाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिले बाढीपीडितलाई आर्थिक सहयोग गरेको छ । स्थानीय निकायबाट रु ५० हजार र जिल्ला दैवी प्रकोप उद्धार समितिबाट रु १५ हजार गरी रु ६५ हजार प्रदान गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा पुग्नु भएका सोलुखुम्बुका सांसद एवं रक्षामन्त्री मानवीर राई नेतृत्वको टोलीमा रहनु भएका राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम शेर्पाले तत्कालका निम्ति उक्त रकम राहत स्वरुप प्रदान गरिएको जानकारी दिँदै उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले गर्न निर्देशन दिइएको बताउनुभयो ।

शुक्रबार स्थानीय थामे खोलाको लेदोसहितको बाढीले गाउँका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पु¥याएको छ । बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकी गरी २० घरमा क्षति भएको छ । सिङ्गो गाउँ नै बगरमा परिणत भएको तथा भविष्यमा बसोबासका लागि योग्य नभएकाले अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको सांसद शेर्पाले जानकारी दिनुभयो । बाढीबाट एक सयजना विस्थापित भएका छन् । नेपाली सेनासहितका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधि पीडितको सहयोगमा जुटेका छन् । बाढीले पक्की पुलमा पनि क्षति भएको छ । र होटल व्यवसाय हुँदै आएको छ ।

प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बताइएको छ । बाढीका कारण पुल भत्किएको र बाटो अवरुद्ध हुँदा हिँडेर सो क्षेत्रमा जान सकिने अवस्था छैन । आज बिहान बाढी भने रोकिएको सांसद शेर्पाले जानकारी दिनुभयो । त्यस क्षेत्रमा रहेका चार वटा हिमतालमध्ये सबैभन्दा सानो ताल फुटेको अनुमान छ ।

सांसद शेर्पाले भविष्यमा पनि जोखिम हुने भएकाले वस्ती स्थानान्तरण गर्नेसम्बन्धमा तीन तहका सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्ने बताउनुभयो । रासस