१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल

मेलम्ची खानेपानी भरपर्दो छैन, ‘रेन वाटर होर्भेटिङ’ शुरु गरौं: ईश्वर पोखरेल
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंवासीका लागि मेलम्चीको पानीको भरपर्दो नभएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित ‘काठमाडांै शहरीकरण: वर्तमान प्रवृत्ति, योजना र लगानी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मेलम्ची खानेपानीको मुहान भत्किएर फेरि पानी नआउने अवस्था आएको उल्लेख गर्दै अब त्यसको विकल्पको रुपमा रेन वाटर होर्भेटिङको काम अघि बढाउनुपर्ने प्रश्ताव समेत गर्नुभयो । मेलम्चीको पानी ल्याउने कुराले काठमाडौंवासीको भाग्य र भविष्यमाथि खेलबाड गरियो भन्ने आफूलाई ग्लानी हुने गरेको भन्दै उहाँले अव त्यसमा भर परेर बस्न नसकिने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं उपत्यकाको विकासका लागि भूउपयोग नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । भूउपयोग नीति प्रभावकारी ढंगले लाग्नु नभई काठमाडौं उपत्यकाको विकास नहुने उहाँको जिकिर थियो । वरिष्ठ उपाध्यक्ष पोखरेलले विकासको नाममा जथाभावी नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी आयो भनेर खोल्यौं । आयो पनि पानी । तर जसरी आएको छ । आज हेर्नुस् –कहाँ, के भत्केर अव नआउने स्थिति छ । कति समय लाग्ने हो रु त्यो बनाउन । त्यसको त राम्रो इन्जिनियरिङ नै भएको रहेनछ भनेर पनि हामीले सुन्नुपर्‍यो । त्यस्तो ढंगले हाम्रो भाग्य र भविष्यमाथि खेलबाड गरियो त होइन भन्ने लाग्छ । त्यसकारण रेन वाटर होर्भेटिङको कुरा कुरा पनि यो एकीकृत विकासका लागि आवश्यक हो ।’

‘संसारमा विभिन्न मुलुकमा यस खालका अभ्यासहरु छन् । यहाँ अर्को एउटा भूउपयोगको नीति यदि ठिक ढंगले लागू नहुने होभने यो काठमाडौंको विकासका कुराहरु हुन सक्दैन । भूउपयोग नीति प्रभावकारी ढंगले लागू हुनुपर्दछ । बस्ती बसाउने कहाँ, खेतीपाती गर्ने कहाँ, बजार बसाउने कहाँ रु संसारको विभिन्न मुलुकहरुमा हुन्छ । हाम्रोमा किन नहुने रु हामीले त्यो गरिरहेका छैनौं । यसमा बिग्रिरहेको छ । जहाँ, जसलाई जे मन लाग्यो, त्यो गर्ने स्थिति छ । यसलाई नियन्त्रण गर्नपर्छ कि पर्दैन ? यो नियन्त्रण गर्नुपर्छ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भूउपयोग नीति लागू नहुँदा काठमाडौं उपत्यकाको विकासका काम सही दिशामा अघि बढ्न नसकेको पनि बताउनु भयो ।