२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 16.56

Wind: 1.54

Humidity: 100

Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी



अ+ अ-

एजेन्सी । जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ ।

शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् ।

जापानको राजधानी टोकियोबाट करिब ३०० किलोमिटर दक्षिणमा रहेको अम्पिल आँधीले उत्तरतर्फ २१६ किलोमिटर प्रतिघण्टाको गति लिएको जापानी मौसम विज्ञान निकाय ९जेएमए० ले जनाएको छ ।

आँधी उत्तरबाट पूर्वतर्फ होन्शु तटसम्म पुग्ने र करिब चार करोड मानिसको बसोबास रहेको टोकियो क्षेत्रलाई घुमेर शनिबारदेखि प्रशान्त महासागरमा फर्किने अनुमान गरिएको छ ।

जेएमएले आँधीको समयलाई ‘धेरै कडा’ मौसमको रूपमा मूल्याङ्कन गरेको छ । यसलाई ‘भयानक आँधी’ को उच्चतम श्रेणीभन्दा एक डिग्री तल अर्थात् अधिकतम हावाको गति १९५ किलोमिटर प्रति घण्टाको दर रहेको उल्लेख गरेको छ । जेएनएले सामाजिक सञ्जालमार्फत ‘आँधीबेहरी, उच्च छाल, पहिरो र बाढीका लागि उच्च सतर्कता अपनाउन’ चेतावनी दिएको छ ।

अमेरिकी सेनाको ज्वाइन्ट टाइफून वार्निङ सेन्टरले राजधानीको पूर्वमा रहेको तटीय चिबा क्षेत्रमा अपराह्न ३ बजेसम्म अत्यधिक हावाहुरी चल्ने अनुमान गरेको छ ।

आँधीका कारण टोकियोको छिमेकी प्रान्त चिबाका चार हजारभन्दा बढी घरधुरीमा शुक्रबार बिहानसम्म विद्युत् आपूर्ति बन्द भएको युटिलिटी अपरेटरले जनाएको छ ।

निप्पोन एयरले शुक्रबार सबै ३३५ वटा आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ र यसका कारण ७२ हजार यात्रुहरू प्रभावित भएका छन् ।

जापान एयरलाइन्सले हालसम्म ३६१ उडान रद्द गरेको र यसका कारण ५७ हजार ग्राहक मारमा परेका जनाएको छ ।

टोकियो र नागोयाबीचको व्यस्त क्षेत्रसहित जापानको बुलेट ट्रेन सेवाको सञ्जालका प्रमुख भागहरू पनि शुक्रबार बन्द हुने छन् भने टोकियो डिज्निल्यान्डका सञ्चालकले पार्क दिउँसो ३ बजेदेखि बन्द हुने बताएका छन् ।