१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

पर्सा प्रहरीद्वारा चार सय ८९ केजी लागुऔषधसहित एक पक्राउ

पर्सा प्रहरीद्वारा चार सय ८९ केजी लागुऔषधसहित एक पक्राउ
अ अ+ अ-

काठमाडौँ । पर्साबाट भारी परिमाणमा लागुऔषधसहित पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

चार सय ८९ केजी लागुऔषधसहित पटेर्वासुगौली गाउँपालिकाबाट पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रवार पत्रकार सम्मेलन पक्राउ पर्ने कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली बस्ने ४० वर्षका फुलसरिफ मिँया रहेको बताएको छ । पर्सा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विभिन्न किसिमको लागुऔषधहरु ठूलो परिणामा खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा गएराति गाउँपालिकाको वडा नम्बर ४ अकवा गाउँको बासँघारीबाट लागुऔषधसहित उनलाई पक्राउ गरेको बताउनु भयो ।

उनलाई जाँच गर्दा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ । शुरुमा उनको साथबाट ३० केजी लागुऔषध गाँजा फेला परेको थियो । उनले दिएको बयानको आधारमा बासँघारीमा खाल्डो खनी बोराभित्र लुकाएर राखेको अवस्थामा चरेश र गाँजाको धुलो अर्थात पोल्याण्ड समेत बरामद भएको प्रहरी उपरीक्षक ढुंगेल जानकारी दिनुभयो । बोराभित्रबाट थप १९२ केजी चरेस र २६७ केजी पोल्याण्ड समेत भेटिएको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि लागुऔषधसम्बन्धि मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

त्यसै गरी पर्सा प्रहरिले साउन महिनादेखि हाल सम्म ८ करोड तीस लाख तीस हजार दुई सय सठ्सठी रुपैयाँ बराबरको विभिन्न माल समान अवैध तरिकाले भन्सार छली ल्याइएको समान पक्राउ गरेको छ । सो महिनामा २६ वटा पुराना मुद्दा फछ्र्यौट गरेको, सामुदायिक प्रहरी साझेदारी अन्तर्गत १२७ वटा सचेतना मुलक कार्यक्रम गरेको, दुई हजार ६ सय ३८ वटा ट्राफिक कारबाही गरेको, एकाइस लाख १३ हजार एक रुपैयाँ ट्राफिक कारबाहीबाट राजश्व संकलन गरेको र ३० जनालाई भिनिन्न लागुऔषधसहित पक्राउ गरेको प्रहरलिे बताएको छ । जसमा २६ जना पुरुष सहित ४ जना महिला रहेको प्रहरी उपरीक्षक ढुंगेलले जनाकारी दिनुभयो ।

पर्सा प्रहरिले गत २५ गते बिरगंजको वडा नम्बर ६ रेल्वे रोडबाट करिव ४ करोड ४६ लाख मूल्य बाराबरको ४६ कार्टुन इलोक्ट्रोनिक चुरोट (भेप)बरामद गरी राजश्व कार्यालय पथलैया बारा पठाएको थियो ।