२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी

काठमाडौं महानगरलाई उपहार पेश गर्दै ल्हासा भन्छ- ‘हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं’

काठमाडौं महानगरलाई उपहार पेश गर्दै ल्हासा भन्छ- ‘हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं’
अ अ+ अ-

काठमाडौं । चीनको तिब्वत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाबाट काठमाडौं महानगरलाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्राप्त भएका छन् । असोज १ गते ट्रक उपहार दिने पत्र लेख्दै ल्हासा नगरले भनेको छ–नदी र हिमालयले जोडिएका हामी दुई नगर आपसको हित चिताउँछौं । हामी काठमाडौंको वातारण सफा र स्वच्छ होस । सरसफाइ राम्रो होस भन्ने चाहन्छौं । त्यसैले २ वटा कम्प्रेस्ड गारवेज ट्रक उपहार पठाएका छौं ।

ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगर र महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभएको छ । २०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न हामीले दिएको निमन्त्रणा स्वीकार गरेर ल्हासा नगरका मेयर गुहेओ आउनुभएको थियो । ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमी उल्लेख गर्दै मेयर शाक्यले भन्नुभयो– ‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताउनु भएको थियो । त्यसै बमोजिम उहाँले २ थान उपहार पठाउनुभएको हो । यसप्रति म व्यक्तिगत रुपमा पनि ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।’

उक्त ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट सडक मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइ पुर्याइएको थियो । १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन बिभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव हुनुहुन्थ्यो । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं ल्याइपु¥याइएका हुन् ।

महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गर्नुभएको छ । त्यसअघि अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई ट्रकको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

१ सय ९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २ सय ५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । संकलित फोहोरलाई पछाडिको वकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ । नेपाल समाचारपत्र दैनिक