२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता



अ+ अ-

काठमाडौँ । मधेसको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले मधेसका मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।

पछिल्लो समय मधेसका मन्त्रालयहरुको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न नहुने, बजेट अत्याधिक मात्रामा फ्रिज हुने लगायतका समस्या समाधान गर्ने उद्देश्यले सम्बन्धित मन्त्रीहरुसँग कार्य सम्पादन करार सम्झौता गरिएको हो ।

मन्त्रालयहरुको कार्य सम्पादन मजबुत बनाउन सम्बन्धित मन्त्रीहरुसँग सम्झौता गरिएको मुख्यमन्त्री सतिशकुमार सिंहले बताउनु भयो । मन्त्रालयका योजनाहरु कार्यान्वयनमा के कारणले र कसको कारणले ढिलाई वा समस्या भइरहेको छ ? भन्ने पत्ता लगाउन र सोको समाधान गर्न सहज हुने बताउनु भयो ।