१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग सांसदहरुको माग

हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग सांसदहरुको माग
अ अ+ अ-

काठमाडौँ । सांसदहरुले हिंसा पीडित महिलाहरुलाई हेर्ने छुट्टै निकाय गठन गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले)की सांसद थममाया थापा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीलगायतका सांसदहरुले सो माग गर्नुभएको हो ।

सरकारको नेतृत्व गरिरहेका एमालेकी सांसद एवं पूर्वमन्त्री थापाले केन्द्र र प्रदेशमा मन्त्रीस्तरको र स्थानीय तहमा पालिका प्रमुखको नेतृत्वको तत्काल संरचना बनाई महिला हिंसालगायतका जघन्य अपराधका घटना रोक्नका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिनुभयो । उहाँले महिलाहरुलाई आर्थिक तथा साामाजिक रुपमा सशक्त बनाउनका लागि आवश्यक पर्ने भएकाले पनि महिलाहरुको अधिकार सुनिश्चित गर्न सरकारले बलियो संरचना बनाएर काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

सांसद थापाले भन्नुभयो, ‘स्थानीय तहले जसरी महिलाहरुलाई त्यहाँ महिला हिंसा हँदाखेरी आर्थिक सामाजिक रुपमा उनीहरुलाई सशक्तिकरण गर्नका लागि जसरी योजनावद्ध ढंगले काम गर्ने, सम्बोधन गर्ने काम गर्नुपर्दथ्यो । त्यो काम गर्न सकिराखेका छैन । त्यसकारण उहाँहरुले लामो समय त्यो क्षेत्रमा काम पनि गरिराख्नुभएको थियो । महिलामाथि हुने हिंसालाई रोक्नका लागि छुटै शाखा केन्द्रदेखि स्थानीय तहसम्मका बनाउनु पर्छ भन्ने मेरो माग छ । केन्द्रमा मन्त्रीको नेतृत्वमा बनाउने, प्रदेशमा पनि मन्त्रीस्तरको र स्थानीय तहमा पालिकाका प्रमुख वा उपप्रमुखको नेतृत्वको छुट्टै संरचना बनाउनु पर्छ । ’

सत्तारुढ नेपाली काँग्रेसकी सांसद खातुनले पनि स्थानीय तहले अधिकार पाएर पनि महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्न नसक्दा उनीहरुले धेरै पीडा व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले महिलाहरुले बलात्कारलगायतका जघन्य अपराधको घटनामा पनि न्याय पाउने अवस्था नभएकाले सरकारले न्यायको प्रत्याभूति हुनेगरी सामाजिक परिचालकहरुको परिचालनको कामलाई अघि बढाउनुपर्ने बताउनु भयो ।

सांसद खातुनले भन्नुभयो, ‘सामाजिक परिचालिकाहरुले कोअर्डिनेशन गरेर हामीले काम गर्दथ्यौं त्यतिबेला । र उहाँहरुको महत्वपूर्ण भुमिका हुन्थ्यो । र जिल्ला विकास महिला समिति पनि उहाँहरुसँग समन्वय गरेर काम गर्नु हुन्थ्यो महिला हक अधिकारको बारेमा, महिला हिंसा, बालबालिका, पञ्जीकरणलगायतका कुराहरुमा, बालबालिकाको खोपको काममा पनि उहाँहरुले सहजीकरण गर्नुहुन्थ्यो । त्यसरी काम गरेको मलाई पनि अनुभव छ । अव अहिले महिला बालबालिका विकास समिति स्थानीय तहमा हस्तान्तरण भयो । तवदेखि उहाँहरुको अधिकार कटौति भयो । अव सबै अधिकार महिला शाखा भनेर स्थानीय तहलाई दिइयो । तर महिला विकास समिति स्थानीय तहलाई दिएता पनि स्थानीय तहलाई पूर्ण रुपमा अधिकार दिइएको छैन ।’

‘अहिले मैले आफ्नै जिल्लाका पालिकाहरुमा जाँदा महिलाहरुको अधिकारको बारेमा कुरा हुने अवस्था छैन । स्थानीय तह आफैले सो अधिकार लिएको अवस्था छ । त्यसकारण महिला विकास समितिले पनि त्यति राम्रोसँग काम नगरेको अवस्था छ । पहिला महिला विकासको नाममा १० प्रतिशत बजेट छुट्टयाउने गरिन्थ्यो । त्यो बजेट पनि अहिले छुट्टयाइएको छैन । यति धेरै महिलाको समस्या आउँछ । त्यहाँ बालबालिकाको केश आउँछ, महिला हिंसाका केश आउँछ । रेपका केसहरु आउँछन् । महिला हिंसाका केशहरु आउँछन । त्यो उहाँहरु त्यही मिलाउन खोज्नुहुन्छ । किनभने यो फौजदारी केस न्यायिक समितिले मिलाउने केस होइन । स्थानीय तहलाई अधिकार दिएपछि महिलाहरुले न्याय नपाएको अवस्था छ । पीडितहरुको केश र नलिने खालको अवस्था छ ।’

प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० की सांसद कल्पना मियाँ कुसारीले महिला सामाजिक परिचालिका खारेज गर्ने विगतका सरकारको निर्णयप्रति आपत्ति जनाउनु भयो । उहाँले महिलाहरुको समस्या बुझने र सम्बोधन गर्ने खालको निकायको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

सांसद कुसारीले भन्नुभयो,‘महिलाको समस्या महिलाले नै बुझ्नुहुन्छ भन्ने हो नि त । महिलालाई सहज हुनका लागि उहाँहरुको आवश्यकता भएर नै यो उहाँहरुको नियुक्ति गरेर काम दिइएको हो । त्यसकारण राज्यले के आधारमा उहाँहरुलाई खारेज गरेको हो रु किन हटाइएको हो भनेर सरकारसँग जवाफ माग्नुपर्छ । यसका लागि उपलब्धि हुनेगरी सरकारसँग छलफल पनि गर्नुपर्छ ।’

सांसद कुसारीले सरकारले महिलाहरुको अधिकारको बारेमा जिम्मेवार भएर काम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।