२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठ्ठाघर दुर्घटनामा ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो



अ+ अ-

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट घटनास्थलमै मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । ओखलढुंगाको चिशंखुगढी नगरपालिका–४ रातमाटे घर भएका उत्तम कोइरालाको दुर्घटनामा निधन भएको हो ।

सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो । ट्रकको ठक्करबाट युवतीको निधन भएको बताइएको थियो ।

कोइरालाको सनाखत भएसँगै उनका आफन्तहरु काठमाडौं आइपुगेका छन् । उत्तमका तीन छोरी छन् । जेठी छोरी अष्ट्रेलियामा रहेको र माइली छोरी हप्तादिन अघि मात्रै अमेरिका पढ्न गएको खुलेको छ । यस्तै, कान्छी छोरी भने काठमाडौंमा पढ्दैछिन् ।

घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई बिहिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरमा सवार कोइरालालाई दिउँसो पौने दुई बजेको आसपासमा ठक्कर दिएको थियो । सार्वजनिक भएको सिसीटिभी फुटेजमा ट्रकले स्कुटरलाई ठक्कर दिएको स्कुटरमा सवार कोइरालालाई लतार्दै लगेको देख्न सकिन्छ ।