२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठ्ठाघर दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक: ट्राफिकले रोकेको थिएन स्कुटर



अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार भएको दुर्घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा गुडिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएको देखिएको छ ।

बिहीबार प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै प्रदर्शन गरेका थिए । यसबारे बिहीबार नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले उक्त स्कुटरलाई ट्राफिकले नरोकेको बताएका थिए ।

सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको छ । फुटेजमा ट्राफिक प्रहरीको चेकजाँच कटेपछि ट्रकले बायाँतर्फ गुडिरहेको स्कुटरलाई स्कुटरलाई ठक्कर दिई चालकलाई लछारेको प्रष्ट देखिन्छ ।

काठमाडौंबाट भक्तपुर तर्फ जाँदै गरेको बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई सोहि दिशातर्फ जादै गरेको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले पछाडीबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै ज्यान गएको थियो । मृत्यु हुनेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका ६५ वर्षीय उत्तम कोइराला रहेका छन् ।

स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।