२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीले भने– ‘हामी तलव खाएर दिन कटाउन मात्र आएका होइनौं’



file-photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरी देशका लागि परिणाम दिनुपर्ने बताएका छन् ।

गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना तथा पूर्वतयारीबारे हिजो सिंहदरबारमा छलफल गरेपछि आज सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले आफूहरु तलव खाएर दिन कटाउन मात्र नआएको स्पष्ट पारेका छन् । उनले जिम्मेवारी लिएर परिणाममा पुर्‍याउन आफूहरु आएकोसमेत बताएका छन् ।

प्रधानमन्त्री ओलीले अब कानुन मात्र दिएर नहुने, काम नै हुनुपर्ने बताएका छन् । एक ठाउँ सुध्रिएर पुग्दैन, सबै ठाउँमा सुध्रिनु आवश्यक छ भन्दै प्रधानमन्त्री ओलीले अबदेखि प्रधानमन्त्री / मन्त्री / मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु नबनाउने घोषणा पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

हामीले हिजो गत आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको समीक्षा र चालु आर्थिक वर्षमा सञ्चालन हुने योजना र पूर्वतयारीबारे छलफल गर्यौं। यसपाली प्रधानमन्त्री/ मन्त्री/ मुख्यमन्त्रीजस्ता पदसँग जोडेर कार्यक्रमहरु बन्ने छैनन् । काम गर्दै जाँदा हामीमा केही अनुभव थपिएको छ – अब कानुन मात्र दिएर हुँदैन, काम हुनु पर्छ। एक ठाउँ मात्र सुध्रिएर पुग्दैन, सबै ठाउँ सुध्रिनु आवश्यक छ। एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनु पर्छ । हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझौं ।