२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्र सचिव लम्साल राजदूतमा सिफारिस, राई अब सचिव



अ+ अ-

काठमाडौं । सरकारले परराष्ट्र सचिव सेवा लम्साललाई बेल्जियमको राजदूतमा सिफारिस गरेको छ ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जिमयको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले राजदूतमा १८ जनाको नाम सिफारिस गरेको थियो । उनीहरुको अहिले संसदीय सुनुवाइ प्रक्रिया सुरु भइसकेको छ । अब लम्साल पनि थपिएकी हुन् ।

लम्साल गत मंसिरमा परराष्ट्र सचिवमा नियुक्त भएकी थिइन् । उनी परराष्ट्र सचिव बन्ने पहिलो महिलासमेत हुन् ।

लम्साललाई राजदूतमा सिफारिस गरेपछि अमृत राई परराष्ट्र सचिव बन्ने छन् । परराष्ट्रमा राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।