१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायीसँग छलफल गर्दै सत्ता गठबन्धन



अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचन सम्बन्धमा सत्तारुढ गठबन्धनले कानून व्यवसायीहरुसँग छलफल गर्ने भएको छ । 

पाँच दलीय गठबन्धनले आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कानून व्यवसायीहरुसँग छलफल गर्न लागेको हो । 

सङ्घ, प्रदेश र स्थानीय निकायको निर्वाचन आगामी मङ्सिर महिनामा एकैपटक गराउने विषयमा भइरहेका बेलामा यस्तो छलफल गर्न लागिएको गठबन्धनका नेताहरुले बताएका छन् । 

यद्यपि निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई सुझाव दिएको छ ।