२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता रिजालको आरोप–कांग्रेस महामन्त्रीहरू गठबन्धन बिच्काउन लागे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेसका महामन्त्रीहरू गठबन्धन बिच्काउन लागेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत रिजालले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले गठबन्धन बिच्काउन लागेको आरोप लगाएका हुन् ।

‘खासमा कांग्रेसका महामन्त्री मित्रहरूलाई आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भइहाल्छन् कि भन्ने चिन्ताले खुबै सताएको छ,’ रिजालले लेखेका छन्, ‘हिजो माओवादीसँग सरकार हुँदा त्यसलाई कसरी बिच्काउने भनेर लाग्नुभएको थियो, आज एमालेसँग सरकार हुँदा पनि सुरुदेखि नै कसरी बिच्काउने भनेर कस्सिनुभएको छ ।’

साथै, रिजालले कांग्रेस महामन्त्रीद्वयलाई ‘आफ्नै पार्टीमा कुनै काम गर्न–गराउन नसक्ने नेता’ भन्दै टिप्पणी गरेका छन् ।