२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज

कोरोना संक्रमित पत्ता लगाउन विमानस्थलमा कुकुर परिचालन

कोरोना संक्रमित पत्ता लगाउन विमानस्थलमा कुकुर परिचालन
अ अ+ अ-

अस्ट्रेलिया । अस्ट्रेलियाले कोभिड–१९ संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिम प्राप्त कुकुरको परिचालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानलाई बिस्तारै सुरु गर्ने प्रक्रियामा रहेको अस्ट्रेलियाले कुकुरहरूको सहयोगले विदेशबाट आउने संक्रमित पत्ता लगाउन सहज हुने बताएको छ । कुकुरलाई पसिनाबाट आउने विशेष किसिमको गन्ध सुघ्न लगाएर त्यसको माध्यमबाट प्रारम्भिक चरणमा संक्रमितको पत्ता लगाउन तालिम दिइएको छ । यात्रु संक्रमित भए, नभएको प्रारम्भिक जाँचका लागि यस्ता कुकुरको प्रयोग हुनेछ ।

यस प्रक्रियाको अनुसन्धान गरिरहेकी एडिलेड विश्वविद्यालयकी अनुसन्धानकर्ता डा। सुसन हाजेलले आफूले आवश्यक तालिम गरिसकेको र अर्को चरणमा यस्ता तालिमप्राप्त कुकुरलाई अन्तर्राष्ट्रिय यात्रु आउने विमानस्थलमा तैनाथ गरिने रहेको बताएकी छन् । उनले सुरुवाती चरणको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिसमेत संक्रमित रहेको यस्ता तालिम प्राप्त कुकुरले पत्ता लगाएको बताएकी छन् । ‘तालिम प्राप्त कुकुरले अन्य परीक्षणको नतिजाबाट पोजिटिभ आउनुअघि नै उक्त व्यक्ति पोजिटिभ रहेको देखाउन सक्ने क्षमता राख्छन्,’ उनले भनिन् ।

यस कार्यको थालनी अस्ट्रेलियन बोर्डर फोस, जैविक सुरक्षा विभाग, आपत्कालीन सेवा र एडिलेड युनिभर्सिटीको सहकार्यमा सुरु गरिएको हो । अनुसन्धानकर्ता डा। हाजेलका अनुसार कुकुरले अन्य भाइरल संक्रमण पत्ता लगाउन खासै ध्यान नदिने भए पनि कोभिड–१९ संक्रमित पत्ता लगाउन प्रभावकारी हुने बताएकी छन् । द गार्जियनका अनुसार फिनल्यान्डको हेलसिन्की विमानस्थलमा यस्तै तालिम प्राप्त चारवटा कुकुरलाई नमुना कार्यक्रमका रूपमा संक्रमित पहिचानका लागि परिचालन गरिएको छ ।

मार्चदेखि भ्याक्सिन

अस्ट्रेलियाले आफ्ना नागरिकलाई यही मार्चदेखि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले निर्माण भएको खोप मार्चसम्म अस्ट्रेलियालीलाई उपलब्ध गराउनका लागि सरकारले दु्रत गतिमा काम गरिरहेको जनाएका छन् । अस्ट्रेलियाले विश्वका विभिन्न चारवटा खोप उत्पादक कम्पनीसँग खरिद सम्झौता गरिसकेको छ । स्वास्थ्य विभागका अनुसार परीक्षण प्रक्रिया पूरा भएर औषधि विभाग (थेराप्युटिक गुड्स एडमिनिस्ट्रेसन, टीजीए) ले अनुमति दिएलगत्तै ती खोप सर्वसाधारणलाई निःशुल्क उपलब्ध गराइने जनाएको छ ।

अस्ट्रेलियाले खोप लगाउन अनिवार्य नगरेको भए पनि सबै नागरिकलाई पर्याप्त हुने मात्रा आयात गरिने तथा केही देशभित्रै उत्पादन हुने जनाएको छ । हाल ९५ प्रतिशतसम्म सफल नतिजा दिएका फाइजर, अस्ट्राजेनेकालगायत कम्पनीसँग खोप खरिद गर्न अर्बौं डलरको सम्झौता भइसकेको छ । खोप खरिदका लागि अस्ट्रेलियाले साढे ३ अर्ब डलर लगानी गरेको छ । ‘पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई यो खोप निस्शुल्क उपलब्ध गराइनेछ,’ स्वास्थ्यमन्त्री हन्टले भनेका छन् । उनले पहिलो चरणमा उनीहरूलाई उपलब्ध गराइए पनि सबै नागरिकले निस्शुल्क खोप लिन पाउनेसमेत जानकारी दिएका छन् । टिजिएले फाइजर तथा अस्ट्राजेनेका कम्पनीद्वारा निर्माण गरिएको भ्याक्सिनलाई पूर्वस्वीकृति दिइसकेको जनाइएको छ ।

अस्ट्रेलियाले अस्ट्राजेनेका कम्पनीबाट ३ करोड ८ लाख डोज खरिद गर्ने सम्झौता गरिसकेको छ भने फाइजरबाट १ करोड खोपसमेत ल्याउने तयारी गरिरहेको छ । अस्ट्राजेनेकाको खोप स्वीकृत भएलगत्तै करिब ३ करोड डोज स्थानीय तहमै उत्पादन गरिने भएको छ । स्वास्थ्य विभागको तथ्यांकअनुसार यी दुईबाहेक क्युन्सल्यान्ड युनिभर्सिटी तथा सीएसएलले तयार गरिरहेको भ्याक्सिन ५ करोड डोज उपलब्ध गराउनेछ । यसैगरी परीक्षणकै क्रममा रहेको नोभाभ्याक्स खोप समेत ४ करोड डोज उपलब्द्ध गराईने जानकारी उपलब्द्ध गराइएको छ । स्वास्थ्यमन्त्री हन्टले अस्ट्रेलियाका नागरिकलाई आवश्यक पर्नेभन्दा ३ गुणा बढी खोपको प्रबन्ध गरिएको बताएका छन् ।

अस्ट्रेलियाले यसअघि नै कोभिड–१९ विरुद्धको खोपका लागि सरकारी तयारी र यसको वितरणका लागि पहिलो पटक खोप नीति सार्वजनिक गरिसकेको छ । २० पृष्ठ लामो नीतिमा खोप खरिद, वितरण, स्थानीय निकायसँगको सहकार्य, तथ्यांक संकलनलगायत विषय उल्लेख छन् । कान्तिपुर दैनिक