४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण



अ+ अ-

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आपतकालीन अवतरण गरिएको छ ।

खराब मौसमका कारण कैलाश हेलिकप्टरको आकस्मिक अवतरण गरिएको धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी गौतमकुमार केसीले जानकारी दिए ।

पोखराबाट बिरामी लिएर काठमाडौं आएको हेलिकप्टर खराब मौसमका कारण थाक्रे गाउँपालिका-५ मा आपतकालीन आवतरण गरेको हो । अहिले बाक्लो हुसु लागेकाले २०० मिटरभन्दा टाढा देखिने अवस्था नरहेको एसपी केसीले बताए ।

बिरामीलाई एम्बुलेन्समार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ ।