३ आश्विन २०८१, बिहीबार
,
Latest
जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित संयुक्त राष्ट्र संघको महासभामा भाग लिन उपप्रमुख डंगोल अमेरिका प्रस्थान
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेख हसिनाविरुद्ध एक व्यक्तिको हत्या मामिलामा मुद्दा दर्ता



अ+ अ-

एजेन्सी । गत महिना भएको हिंसात्मक झडपमा एक व्यक्तिको मृत्यु भएको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्ध हत्याको मुद्दा दर्ता गरिएको छ । मंगलबार मिडिया रिपोर्टलाई उद्धृत गर्दै यो जानकारी आएको हो ।

बंगलादेशमा हिंसा र सरकारको पतनपछि शेख हसिनाविरुद्ध दर्ता भएको यो पहिलो मुद्दा हो । बंगलादेशी मिडियाका अनुसार यो मुद्दा किराना पसलका मालिक अबु सईदका शुभचिन्तकहरूले दायर गरेका थिए, जुन जुलाई १९ मा प्रहरीको गोली लागेर मारिएका थिए ।

शेख हसिनाविरुद्ध दर्ता भएको मुद्दामा अवामी लिगका महासचिव ओबैदुल कादर, पूर्व गृहमन्त्री असदुज्जमान खान कमल र पूर्व प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल मामुनको नाम पनि सामेल छन् । यी बाहेक कैयौं उच्च प्रहरी अधिकारी र अन्य अधिकारीलाई पनि अभियुक्त बनाइएको छ ।

यससँगै बीएनपीले खालिदा जिया र उनका छोरा तारिक रहमानमाथि दर्ता भएका सबै मुद्दा फिर्ता लिन अन्तरिम सरकारलाई अपिल गरेको छ । बीएनपी अध्यक्ष खालिदा जिया हालै जेलबाट रिहा भएकी छिन् ।

बंगलादेशमा अन्तरिम सरकार बनेपछि पनि हिंसा रोकिएको छैन । पछिल्लो हिंसामा प्रदर्शनकारीहरूले राजधानी ढाकाको सेतु भवनलाई निशाना बनाएका छन् । सेतु भवनमा बंगलादेशको सडक, यातायात र पुल विभागको कार्यालय छ । प्रदर्शनकारीले सेतु भवनमा ढुंगामुढा गरी तोडफोड गर्नुका साथै त्यहाँ पार्किङ गरेका धेरै सवारीसाधनमा आगजनी गरेका छन् ।