४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा व्यस्त भएपछि कंगनाले फिल्मको सुटिङलाई समय दिन सकिनन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले राजनीतिमा प्रवेश गर्दै लोकसभा चुनाव जितेमा चलचित्र क्षेत्र छोड्ने घोषणा गरेकी थिइन् ।

अभिनेत्री हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव जितेर सांसद बनेकी छिन् । अभिनेत्रीका अनुसार अहिले उनी फिल्ममा काम गर्न चाहन्छिन् तर राजनीतिक करियरका कारण फिल्मी करियरलाई सन्तुलनमा राख्न समस्या भइरहेको छ ।

हालै कंगनाले भेराइटीलाई दिएको अन्तर्वार्तामा आफ्ना धेरै फिल्मको सुटिङ बाँकी रहेको बताइन् । छायांकनका लागि समय नपाउँदा उनका धेरै प्रोजेक्टहरु अलपत्र परेका छन् ।

आगामी प्रोजेक्टको बारेमा कुरा गर्दै अभिनेत्रीले भनिन्, ‘मेरो फिल्मको काम बिग्रँदै गएको छ । मेरा आगामी प्रोजेक्टहरू पर्खिरहेका छन् । मेरो फिल्मको छायांकन सुरु गर्न सकिरहेको छैन । म अहिले संसदको हिउँदे अधिवेशनको प्रतिक्षामा छु । म मेरो मिति समायोजन गर्न सक्छु ।’

कंगना रनौतको पोलिटिकल ड्रामा फिल्म इमर्जेन्सी १४ जुनमा रिलिज हुने तय भएको थियो । तर, कंगनाको राजनीतिमा व्यस्तताका कारण यो फिल्मको रिलिज मिति सारिएको थियो । अब फिल्म ६ सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा कंगना रनावतले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । कंगनाले फिल्म ‘इमर्जेन्सी’लाई निर्देशन र निर्माण गरेकी हुन् ।