१० भाद्र २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिमा व्यस्त भएपछि कंगनाले फिल्मको सुटिङलाई समय दिन सकिनन्



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतले राजनीतिमा प्रवेश गर्दै लोकसभा चुनाव जितेमा चलचित्र क्षेत्र छोड्ने घोषणा गरेकी थिइन् ।

अभिनेत्री हिमाचल प्रदेशको मण्डीबाट लोकसभा चुनाव जितेर सांसद बनेकी छिन् । अभिनेत्रीका अनुसार अहिले उनी फिल्ममा काम गर्न चाहन्छिन् तर राजनीतिक करियरका कारण फिल्मी करियरलाई सन्तुलनमा राख्न समस्या भइरहेको छ ।

हालै कंगनाले भेराइटीलाई दिएको अन्तर्वार्तामा आफ्ना धेरै फिल्मको सुटिङ बाँकी रहेको बताइन् । छायांकनका लागि समय नपाउँदा उनका धेरै प्रोजेक्टहरु अलपत्र परेका छन् ।

आगामी प्रोजेक्टको बारेमा कुरा गर्दै अभिनेत्रीले भनिन्, ‘मेरो फिल्मको काम बिग्रँदै गएको छ । मेरा आगामी प्रोजेक्टहरू पर्खिरहेका छन् । मेरो फिल्मको छायांकन सुरु गर्न सकिरहेको छैन । म अहिले संसदको हिउँदे अधिवेशनको प्रतिक्षामा छु । म मेरो मिति समायोजन गर्न सक्छु ।’

कंगना रनौतको पोलिटिकल ड्रामा फिल्म इमर्जेन्सी १४ जुनमा रिलिज हुने तय भएको थियो । तर, कंगनाको राजनीतिमा व्यस्तताका कारण यो फिल्मको रिलिज मिति सारिएको थियो । अब फिल्म ६ सेप्टेम्बरमा रिलिज हुँदैछ । फिल्ममा कंगना रनावतले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छिन् । कंगनाले फिल्म ‘इमर्जेन्सी’लाई निर्देशन र निर्माण गरेकी हुन् ।