१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

मुलुकमा सदाचारका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध छ: कानूनमन्त्री चौरसिया

मुलुकमा सदाचारका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध छ: कानूनमन्त्री चौरसिया
अ अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सदाचार नीतिका लागि आवश्यक कानून ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

मंगलवार संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री चौरसियाले मुलुकमा नैतिक मूल्य र मान्यतालाई स्थापित गराउन आफू जस्तोसुकै कडा कानून बनाउन पनि तयार रहेको पनि स्पष्ट पार्र्नुभयो । राष्ट्र निर्माणका लागि सबभन्दा आवश्यक तत्व सदाचार नीति भएको उल्लेख गर्दै मन्त्री चौरसियाले त्यसलाई अघि बढाउने गरी बहसको शुरुवात गर्न पनि सांसदहरुलाई आग्रह गर्नुभयो । उहाँले भ्रष्ट र ठगहरुलाई बल दिने गलत अभ्यासको अन्त्य हुनेगरी विद्यालय तहको पाठयक्रममा नै नैतिक शिक्षाको पठनपाठन हुने व्यवस्था फेरि गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

मन्त्री चौरसियाले भन्नुभयो, ‘यो सदाचार नीतिलाई कानूनको रुपमा अघि बढाउने माननीयजीहरुको विचार आएको छ । त्यसप्रति म व्यक्तिगत रुपमा पनि र कानून मन्त्रालयको मन्त्रीको रुपमा पनि प्रतिवद्ध छु । यसमा यहाँहरुले सिफारिस गर्नुस् । र पोलिटिकल पार्टीको बीचमा सहमती भयो भने जस्तोसुकै कडा कानून बनाउन पनि म तयार छु । हाम्रो संयुक्त राष्ट्र संघको भ्रष्टाचार विरुद्धको महासन्धिले पनि हामीले अंगिकार गरेका छौँ यो विषयलाई । र, २००५ देखि सदाचार नीति लागू गर्नेकुरा आएको पनि छ ।

हाम्रो राष्ट्र निर्माणका लागि, समाज निर्माणको लागि सबभन्दा आवश्यक तत्व हो । र विद्यालयमा पनि नैतिक शिक्षा पहिले पढाई हुन्थ्यो । पछि नयाँ शिक्षाले त्यसलाई बिस्थापित गर्‍यो । र मान्छेको मोरल भ्यालु यति खस्केको छ कि जसले भ्रष्टाचार गर्छ, जसले अरुलाई ठग्छ । त्यो नै समाजको सबैभन्दा अगुवा, चलाख मान्छेको रुपमा प्रदर्शित हुन्छ । जसले केही बद्मासी गरेको छैन, कुनै अनैतिक काम गरेको छैन । त्यस्तो मान्छेलाई घरमा पनि बेकुव भन्ने निरिह हुन्छ । म यहाँहरुको भावना, यहाँहरुले देखाउनुभएको संवेदनशीलता बुझेको छु । यहाँहरुले छलफल गरेर के के कानून संशोधन गर्दा नैतिकता मेन्टेन गर्न सकिन्छ रु र, समाजमा मोरल भ्यालूलाई स्थापित गर्न जे जे कानून बनाउनु पर्छ । म त्यो गर्न तयार छु ।’

यता सांसदहरुले पनि मुलुकमा सुशासन ल्याउनका लागि कडा कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । सत्तारुढ नेपाली काँग्रेसका सांसद कृष्णप्रसाद पौडेलले सुशासन ल्याउने कुरामा सम्पूर्ण समय खर्च गर्न मन्त्रीलाई सुझाव समेत दिनुभयो । उहाँले मुलुकमा धेरै निराशा बढ्नुको पछाडि सुशासन नहुनु रहेको औंल्याउँदै त्यसलाई चिरेर सरकार अघि बढनुपर्ने बताउनु भयो ।
सांसद पौडेलले भन्नुभयो, ‘मलाई के लाग्छ भने इतिहासकै यति धेरै निराशा समाजका जुनसुकै तह तप्कामा पनि यस्तो निराशा छ । यसको अल्टिमेट कज भनेको यही सुशासन नहुनु हो । अहिले हामी लाईसेन्स बनाउन गयो भने पनि, इभन टयाक्स बुझाउन गयो भने पनि टयाक्स तिर्न नसक्ने अवस्था छ । यो सेवा त हामीले डेलिभर गर्नै सकेनौ । मन्त्रीजीले अरु कुनै काम नगर्नुस् । तर सुशासन ल्याउने काममा तपाई २४ आवर समय खर्च गर्नुहोस् ।’

सांसद डा अञ्जान शाक्यले जनताप्रति उत्तरदायी हुने सदाचारका बारे विद्यालय र विश्वविद्यालय तहमा पनि अध्ययन, अध्यापनको काम हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा सदाचार स्थापित गराउन सांसदहरुले पनि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
सांसद शाक्यले भन्नुभयो, ‘धेरै अगाडि देखिनै यो सदाचारको पाठ विद्यालय शिक्षामा राख्नुपर्छ भनेर मैले संसदमा पनि बोलिरहेको थिएँ । म आफैँले पनि विद्यालयहरु, कजेलहरुमा गएर असल मानिस कसरी बन्ने, जनताप्रति कसरी उत्तरदायी हुने र हाम्रो राष्ट्रियताको बारेमा कक्षाहरु संचालन गर्न जरुरी देखेर लागि रहेको हुँ । र, हामी माननीयहरु त्यसरी लाग्नुपर्छ भन्ने पनि लाग्छ ।’

प्र्र्र्र्र्र्र्र्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का सांसद झक्कुुप्रसाद सुवेदीले जनताप्रति उत्तरदायी नहुनेहरुलाई कडा कारबाही हुनेगरी सरकारले कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले सदचार नीति बनाउनु अघि राष्ट्रव्यापी रुपमा बहस शुरु गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

सांसद सुवेदीले भन्नुभयो, ‘प्रधानमन्त्रीदेखि वडाअध्यक्षसम्मले जनताको कुरा झर्को नमानी सुुन्ने, चित्तबुझदो र भरपर्दो जवाफ दिने र काम पनि गरिदिने नै सदाचार नीति हो । जसले यो गर्दैन, तिनलाई कारबाही गर्न कानून ल्याउनु पर्‍यो । सदाचार नीति सरकारले बनाउने हो । सम्बन्धित क्षेत्रका विद्वानहरु र सरोकारवालाहरु सबैलाई एकठाउँमा राखेर यो कार्यक्रमको बारेमा राम्रोसँग बहस गर्ने, मन्त्रीज्युहरुसँग छलफल गर्दै जाने र विज्ञहरुलाई जम्मा गरेर, सरोकारवालाहरुलाई जम्मा गरेर गयौं भने हामी एउटा निष्कर्षमा पुग्न सक्छौं । यसरी जाँदा ठिक होला भन्ने लाग्छ ।’

सांसद सुवेदीले विज्ञ र सरोकारवालाहरुसँग व्यापक छलफल गरेर मात्रै सदाचार नीति ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।