२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले हरि ढकाललाई रोकेपछि संसदमा होहल्ला



अ+ अ-

काठमाडौं । संसदमा प्रतिपक्ष दलहरूले विरोध जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले बोलिरहँदा सभामुखले रोकेपछि प्रतिपक्षले विरोध जनाएका हुन् ।

संसद बैठक सुरु भए लगत्तै सभामुखले आकस्मिक समयमा बोल्न सांसदलाई समय दिएका थिए ।

ढकालले विद्युत् महसुलको विषयमा बोल्न थालेपछि सभामुखले लाइन काटिदिए ।

त्यसपछि प्रतिपक्ष दलहरूले उठेर आपत्ति जनाए । केही समय संसदमा प्रतिपक्षले होहल्ला गरेपछि संसद बैठक प्रभावित हुन पुगेको छ । हाल बैठक पुनः सुचारु भएको छ ।